१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल

१३ मंसिर २०७९, मंगलवार ०६:४१

मङ्सिर १३, काठमाडौँ | विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेको छ  । विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्न निवेदन दिन गत साउन महिनामा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो ।

समितिको सूचना अनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको थियो । निवेदन दिने पात्रोका पञ्चाङ्गकारबीच आइतबारदेखि छलफल सुरु भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन् । यी तीनवटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा रहेका छन् । 


मुक्तिनाथ र नेपाल पञ्चाङ्ग विश्व पञ्चाङ्ग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो । विगतमा एकपटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति नलिइ प्रकाशनमा आएको थियो । ज्वालाले यसपटक फेरि स्वीकृतिका लागि निवेदन दिएको समितिले जनाएको छ । 

केही महिना प्राप्त निवेदनमाथि छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइने छ । पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने गरी समितिले तयारी गरेको उहाँले बताउनुभयो ।

 समितिको सङ्गठन तालिका निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । केही हप्तामै यसले पूर्णता पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र अर्थ मन्त्रालयले वचन दिएका छन् । 

समितिले कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली पनि मस्यौदा गरी स्वीकृतिका लागि संस्कृति मन्त्रालयमा पठाउने तयारी गरेको छ । समितिको सङ्गठन तालिका, कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली तयार भएपछि काममा सहज हुनेछ ।

समितिमा हाल पर्याप्त मात्रामा जनशक्तिको व्यवस्था नहुँदा गठन आदेशमा दिएका जिम्मेवारी पूरा गर्न समस्या भएको छ । गठन आदेशमा समितिलाई पात्रो र भित्तेपात्रो प्रकाशनको स्वीकृति दिने जिम्मेवारी दिइएको छ । सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह