आयोजना अलपत्र पार्ने १२ निर्माण कम्पनी कालो सूचीमा

Posted on: 30 Nov, 2022

मङ्सिर १४, काठमाडौँ | समयमै आयोजनाको निर्माण सम्पन्न नगर्ने दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै निर्माणका काम नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

भरत–सप्तकोसी जेभी, हाइवे कन्स्ट्रक्सन, विधि बिउल्डर्स, माईबाबा एन्ड नारा नक्सट्रक्सन सेवा, अनुकूल निर्माण सेवा कालोसूचीमा परेका छन् । हाइग्रीभा सिद्धि साई प्रकाश जेभी, पाँचखाल कन्सट्रक्सन, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एमएसके निर्माण लेखा, सुमदिवी कन्ट्रक्सन, समेत कालोसूचीमा परेका छन् ।

निलगिरी निर्माण सेवा र नेशनल डेभलपमेन्ट प्रालि समेत कालोसूचीमा परेका छन् । यी २ वटा कम्पनी जेभी रहेको समेत कार्यालयले जानकारी दिएको छ । यीमध्ये २ वटा ठेकेदार कम्पनीलाई २ वर्षको र बाँकी १० वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राख्न सिफारिस गर्ने निकाय
कालोसूचीमा पर्ने ठेकेदार
अवधि
सडक डिभिजन, बुटवल, रुपन्देही
भारत सप्तकोशी जे.भि., काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम)
२ वर्ष ६ महिना

हेटौंडा उपमहानगरपालिका, नगर

कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवानपुर

हाइवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी)
१ वर्ष
शहिद गंगालाल हृदय केन्द्र, बाँसवारी, काठमाडौं
Vidhi Builders Pvt. Ltd., का.म.न.पा. १२, टेकु काठमाडौँ । ( मुख्य व्यक्ति विप्लव पोखेल)
१ वर्ष
टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मौजूहिटि काठमाडौं
साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोट ।( मुख्य व्यक्ति संजया कुमारी राना (शाह)
१ वर्ष
नेपाल कृषि अनुसन्धान परिषद्, उच्च ४ पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला ।
अनुकुल निर्माण सेवा, चन्दननाथ-२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी)
१ वर्ष
रानी जमरा कुलरीया सिंचाइ आयोजना, टिकापुर, कैलाली ।
haigreeva Siddhi Sai Prakash J/V, सामाखुशी- ९. काठमाडौँ । (मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान)
२ वर्ष
पर्यटन विकास आयोजना, हेटौंडा ।
पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं । (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी)
१ वर्ष
खानेपानी, सिंचाइ तथा उर्जा विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत
प्रभु निर्माण सेवा, गुर्भाकोट न.पा. ०४ सुर्खेत (मुख्य व्यक्ति : रेशम बहादुर शाह)
१ वर्ष
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खाल्टे, रसुवा
सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा-८, काठमाडौं व्यक्ति श्री सिद्धिवावु रेग्मी)
१ वर्ष
कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु ।
एस. एस. के निर्माण सेवा प्रा. लि. लुम्बिनी सांस्कृतिक न.पा.-५, रुपन्देही । (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी)
१ वर्ष
कृषि विकास निर्देशनालय, दिपायल, डोटी ।
सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला)

सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट
निलगिरी/नेसनल / क्यानोन जे. भी., हेटौंडा, मकवानपुर ।
१ वर्ष


यस बिषयमा तपाइको प्रतिक्रिया...!