१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा…

१० पुष २०७९, आईतवार ०४:०४

पुस १०, नवलपुर (रासस): ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायम गर्न आउने गरेका छन् । 

टाढा–टाढाबाट देवीको दर्शन गर्न श्रद्धालु आउने उल्लेख गर्दै ‘धार्मिक सेवा समिति मौलाकाली’का अध्यक्ष शालिकराम सापकोटाले स्थानीयवासी पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने बताउनुभयो । “ऐतिहासिक शक्तिपिठका रूपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “स्थानीय युवा भने व्यायाम गर्नका लागि दैनिकरूपमा मन्दिरमा आउने गरेका छन् ।” अध्यक्ष सापकोटाले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजन उपस्थित बढी हुने बताउनुभयो ।

“मन्दिरमा दैनिकरूपमा दुई हजारभन्दा बढी श्रद्धालु आएर दर्शन गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।” मन्दिरमा विशेषगरी नवदुर्गा (ठूलो दशैँ), माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैते दशैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको सापकोटाको भनाइ छ । “दशैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिस पाँच–छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष सापकोटाले भन्नुभयो, “विशेष पर्वमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ । 


समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । सोह्रौँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वत (मौला पहाड)को नाम रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो । “सोह्रौँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रूपमा अवस्थित थियो । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उहाँले भन्नुभयो, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।” 

विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको उहाँले बताउनुभयो । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेट्टाए ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको पराजुलीले बताउनुभयो । 

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजनहरू आउन लागे”, पुजारी पराजुलीले भन्नुभयो, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” 

“हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिन्छ”, उहाँले भन्नुभयो, “मन्दिरलाई स्थानीयस्तरबाट धेरैपटक पुनःस्थापित गरिएको छ ।” थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको उहाँले बताउनुभयो । पहिला मन्दिरमा बलि दिने प्रचलन रहेको भए पनि मन्दिर व्यवस्थापन समितिले अहिले जनावरको बलि प्रथामा रोक लगाएको पराजुलीको भनाइ छ । 

सहरी क्षेत्रबाट नजिकै भएकाले पनि यहाँ दर्शन गर्न तथा शारीरिक व्यायम गर्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढेको हो । “रनिङ बढाउन तथा विभिन्न एक्सरसाइजहरू गर्न हामी नियमितरूपमा मन्दिरमा आउने गरेका छौँ”, गैँडाकोटका शङ्कर श्रेष्ठले भन्नुभयो, “ब्रिटिस लाहुरेको तयारीका लागि पनि फिजिकल फिटनेस आवश्यक हुने भएकाले नियमित मन्दिर ओहोरदोहोर गर्छु ।” नेपाली सेना, भारतीय सेना तथा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गरेका युवाहरू दैनिकरूपमा मन्दिरमा आउजाउ गर्छन् । 

गैँडाकोटको जनक माविमा कक्षा १२ मा अध्ययनरत भरत सापकोटाले आफू शनिबार र बिदाको दिन मौलाकालिका मन्दिर पुग्ने गरेको बताउनुभयो । “ब्रिटिस लाहुने बन्ने इच्छा छ, त्यसैले मेहेनत गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “हामी समूहमा मन्दिर उक्लन्छौँ, दौडेर मन्दिर पुग्नका लागि करिब २२ मिनेट लाग्ने गरेको छ ।” गर्मीमा भारी बोकेर मन्दिरको उकालो उक्लने गरेको भए पनि जाडो महिनामा रित्तै दौडिने गरेको सापकोटाको भनाइ छ । 

विराटनगरबाट शनिबार बिहानै मौलाकालिका दर्शन गर्न आउनुभएकी सीता शर्माले मन्दिरको उकालो उक्लन निकै कठिन भएको बताउनुभयो । “मौलाकालिका माताको महिमा सुनेर दर्शन गर्न आयौँ”, उहाँले भन्नुभयो, “निकै उकालो बाटो हुँदा ठाउँ–ठाउँमा बसेर मन्दिर आउनै एकघण्टा भन्दा बढी लाग्यो ।” उकालो बाटो चढेर मौलाकालिका मन्दिर पुग्न कठिन भए पनि मन्दिर पुगेर माताको दर्शन गर्दा र त्यहाँको वातावरणले आफूलाई छुट्टै प्रकारको खुसीको अनुभूति भएको उहाँको भनाइ छ ।

स्वदेश तथा विदेशका विशिष्ट व्यक्तित्वले मन्दिरको दर्शन तथा सो क्षेत्रको भ्रमण गर्नुभएको छ । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य