2026-06-19 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् भवनअगाडि आत्मदाको प्रयास गरेका आचार्यको निधन

माघ ११, काठमाडौँ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो ३ बजेतिर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा निधन भएको छ ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले संसद् भवनअगाडि नै शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गर्दा स्थानीय र सुरक्षा कर्मीले बचाउने प्रयास गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।उनको शरीरको ८० प्रतिशत भाग जलेको कारण अवस्था गम्भीर अवस्थामा रहेको थियो । 


जलेर घाइते भएका आचार्यले मंगलबार साँझ उपचारकै क्रममा रहंदा भेट्न पुगेकी राज्यमन्त्री तोसिमा कार्कीसँग गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डलाई भेट्ने चाहना व्यक्त गरेका थिए ।आचार्यले आफैँलाई आगो लगाउनुअघि  फेसबुकमा लामो स्टाटस लेखेका थिए । जसमा देशमा व्याप्त बेथितिको कुराहरु छन् । उनले लेखेको स्टाटसमा आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको गुनाशो छ । साथै देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो छ । अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो