२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

११ माघ २०७९, बुधबार ०७:३१

माघ ११, काठमाडौँ । सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा ।

त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुग्नुभयो । उहाँले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाउनुभएको छैन । 


विगत ४३ वर्षदेखि भारी बोक्दै आउनुुभएका उहाँ १० वर्षदेखि गुल्मीमा  बसेर काम गरिरहनुभएको छ । त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसक्नुभयो । उहाँले बोक्नुभएको राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएकोे छ । त्यही रहर पूरा गर्न  आचार्यले कहिल्यै फूर्सद पनि पाउनु भएन ।

आफ्ना छोराछोरीको रहरलाई  लक्ष्यसम्म पु¥याउन पसिनै  बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गर्नुभएको छ । अध्ययन सकेपछि उहाँले काठमाडौँमा काम गर्न पनि थाल्नुभएको छ । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाउनुभएका आचार्य अहिले खुसीले गद्गद हुनुहुन्छ । “छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ”, उहाँ भन्नुुहुन्छ, “राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए ।” आचार्य  मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउनहुन्छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आउनुभएका उहाँ राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्नुहुन्छ । प्राय मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसेपनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैँले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आउनुभएको छ । आफैँले बनाएका सामग्रीहरु बेच्दा वार्षिक रु पाँच लाखसम्मको कारोबार हुने र चार लाखसम्म बचाउने गरेको आचार्य जानकारी दिनुहुन्छ  ।

गुल्मीमा ग्रामीण भेगमा समानहरु बिक्री गर्न  पुग्दा जुम्लाका प्राङ्गारिक समान भनेर मन पराउने गरेको उहाँ बताउनुहुन्छ। जुम्लाबाट विसं २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउनुहुने आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने जानकारी दिनुहुन्छ । “आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरेँ”, उहाँ भन्नुहुन्छ, “अहिले छोरा पनि आफैँमा आत्मनिर्भर बन्दा खुसी लागेको छ ।” उहाँका कान्छा छोरा धिरन्दाले पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय