2026-06-19 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख खानको फिल्म पठानले पायो भव्य ओपनिङ

माघ १२, काठमाडौँ | बलिउड सुपरस्टार शाहरुख खानको फिल्म पठानले रिलीज भएको पहिलो दिन बुधवार भव्य ओपनिङ गरेको छ । चार वर्षपछि ठूलो पर्दामा देखिएका शाहरुखको यस फिल्मलाई बहिष्कार गर्न माग गरिएको भए पनि दर्शकहरू फिल्म हेर्न हलमा ओइरिएका छन् । 


पठानले पहिलो दिनमा बाहुबली फिल्मको कमाइलाई पछि पारेको छ । बक्स अफिस इन्डियाका अनुसार, सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानले बुधवार ५१ करोड भारुको कीर्तिमान कमाइ गरेको छ । दर्शकहरू सिनेमाघरमा गएर सिट्ठी बजाउँदै अनि नाच्दै फिल्म हेरिरहेको भिडियो पनि सार्वजनिक भएको छ । 

फिल्मप्रति दर्शकको क्रेज अत्यधिक रहेकाले हलहरूले शो बढाएका छन् । बिहान ६ बजेदेखि राति ११ः३० बजेसम्म पनि शोहरू राखिएका छन् । निकै रातिका शोहरू पनि हाउसफुल छन् । साताको मध्यभागमा रिलीज भएको फिल्मको यो कमाइ निकै राम्रो हो । बाहुबली २ ले साताको मध्यमा रिलीज भएर गरेको कमाइलाई पठानले पछि पारेको छ । 

यस अर्थमा पठानले सन् २०२२ मा रिलीज भएको केजीएफ २ लाई पनि जितेको छ । केजीएफ २ शुक्रवार रिलीज भएर पहिलो दिन ५२ करोड भारु कमाएको थियो तर पठान साताको मध्यमा आएर पनि ५१ करोड भारु कमाउन सफल भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो