२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञप्ति जारी गर्दै भाटभटेनीले भन्यो– प्रेमप्रसादको भुक्तानी समयमा गरेका हौँ, निधनले स्तब्ध छौँ

२०७९, १२ माघ बिहीबार ०८:५१

माघ १२, काठमाडौँ | भाटभटेनी सुपरमार्केटले इलाम सूर्योदय ११ केराबारीका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी गरेको स्पष्ट पारेको छ । कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्त्वमा रहेको कम्पनीको भुक्तानी समयमा गरिएको जनाएको छ ।

“इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ,” भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ । आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।”


भाटभटेनीले सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिलाई गरेको भुक्तानीको भौचरको प्रतिलिपि पनि विज्ञप्ति साथै पठाउँदै भनेको छ, “हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं ।”

यस्तो छ विज्ञप्ति:

प्रेस विज्ञप्ति                                                                                                                                                                                     २०७९/१०/१२

इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ ।

साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ ।

आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ ।

उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।

नेपालमै उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप हामीले उहाँलाई साथ दिँदै आएका हौं ।

तसर्थ आचार्यको नेतृत्त्वमा रहेको सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिसँग हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं । 

उहाँको कम्पनीबाट लिइएका सामग्रीको समयमा भुक्तानी गरिएको र कहिले पनि उहाँलाई दुःख दिने नियत नभएको स्पष्ट पार्न चाहन्छौँ ।

उहाँमात्रै नभएर अन्य भेन्डरहरुलाई समेत हामीले हाम्रो समस्यालाई थाती राखेर भुक्तानी दिँदै आएको यहाँहरुसमक्ष जानकारी गराउँदै उहाँको कम्पनीलाई भुक्तानी गरिएका भौचरको कपी पनि यसै विज्ञप्तिसहित यहाँहरुसमक्ष प्रेषित गरेका छौँ । धन्यवाद

भाटभटेनी सुपरमार्केट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड