१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिँदालिँदै सव ओभरसियर रंगेहात पक्राउ (फोटो र भिडियो सहित)

४ आश्विन २०७३, मंगलवार ०८:३८


असोज ४, काठमाडौँ । भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका गुरुङले सेवाग्राहीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि भन्दै ४५ हजार घुस लिएका थिए । उनको शरीरबाट अख्तियारको टोलीले खानतलासी गर्दा थप  ७१ हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको ४५ हजार, दुई ओटा एटिएम कार्ड र एक मोबाइल बरामद गरेको छ ।


सव ओभरसियर गुरुङले सानुकाजी महर्जनसँग घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि उक्त रकम लिएको स्वीकारेका छन् । उनले अख्तियारकै अगाडी भनेका छन् 'मैले उक्त रकम सेवा शुल्क स्वरूप लिएको हुँ ।' तर अख्तियारका एक अधिकारीले सेवा शुल्कको नाममा त्यसरी रकम लिनु भ्रस्टाचारनै भएको बताए । 

यता गुरुङलाई रंगे हात पक्राउ गराउन भूमिका खेलेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले एक बिज्ञप्ति निकाल्दै यस्ता अप्रेशन हरेक जिल्लामा सुरु भईसकेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ 'हामी देशको सुशासनको लागि निस्वार्थ काम गर्दैछौं, भ्रष्टाचार नियन्त्रणको लागि हाम्रो अभियानलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साथ दिएको छ, हामी आयोगलाई बिशेष धन्यवाद दिन चाहन्छौं ।'

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङमाथि थप अनुसन्धान थालिने जनाएको छ ।

घुष लिएको पैसा गन्दै सव-ओभरसियर गुरुङ | 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङबाट बरामद गरेको १ लाख १६ हजार रकम |

गुरुङबाट बरामद घुष रकम (जुन अख्तियारले पहिलेनै सेवाग्राहीलाई दिएर पठाएको थियो), प्रामाणिकरण गर्दै अख्तियारको टोली | 

भिडियो पनि हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’