केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्रामिण सडक सुचारु नहुँदा गाउँले जनतालाई सास्ती

५ आश्विन २०७३, बुधबार ०६:२०

केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु परेपछि गाउँले जनतालाई सास्ती भएको छ ।वर्षाको बाढी पहिरोसँगै केही महिनासम्म ग्रामीण सडकहरु अवरुद्ध हुँदै आउने गरेका छन् । गत असार  र साउनको  वर्षात्ले अबरुद्ध भएका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको छ । जिल्लाको  पाङराङ क्रनास, बाच्छा लगायत गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामाग्री ढुवानीमा समस्या भएको छ ।
 सदरमुकाम कुश्मा बजार देखि बाच्छा रानीपानी हुँदै सेतिबेणी जोड्ने सडक वर्षात्को कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् भने चार्डपर्व नजिकिँदै गर्दा झनै समस्यामा परेको पाङराङका स्थानीय राधा कृष्ण पाठकले जानकारी दिए । सडक अवरुद्ध हुँदा जिल्लाको श्रिकाङ,   पाङराङ, क्रनास तथा बाच्छामा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । ति गाबिसमा जोड्ने सडक बिभिन्न ठाँउमा पहिरो जाँदा सदरमुकाम देखि ४ दिन लगाएर ट्याक्टरमा सामान ढुवानी गर्नु    परेको स्थानीय ब्यापारीहरुको गुनासो छ । गाविसको टोल(टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेको कारण बढी हानी व्यहोर्नुपरेको स्थानीयबासीको ठम्याई छ । सडक विस्तार तथा स्तरोन्नतिका लागि भनी बजेट विनियोजन भएपनि सार्वजनिक नगर्ने तथा ठेकेदारले आफुखुसी कमसल काम गरेकाले यस्तो समस्या आएको सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी