2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतसँगको खराब हारमा पाकिस्तानलाई चोटैचोट, तेज बलर रौफ र नसिमले बाँकी खेल गुमाउन सक्ने

भदौ २६, काठमाडौँ | एसिया कपको सुपर फोरमा सोमबार पाकिस्तानले भारतसँग खराब हार ब्यहोर्‍याे । भारतले पाकिस्तानविरुद्ध ३५७ रनको लक्ष्य दिएर २२८ रनको जित हात पारेको छ।

पाकिस्तानविरुद्ध भारतले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति धेरै रन बनाउन सकेको थिएन भने यति फराकिलो रन अन्तरले जित पनि हात पारेको थिएन। त्यसबाहेक पूर्व कप्तान विराट कोहली एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १३ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन्।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी १३ हजार रन पुरा गर्ने पाचौँ ब्याट्सम्यान हुन्। भारतले यो खेलमा पहिलो विकेटका लागि एक सय २१ र तेस्रो विकेटका लागि २ सय ३३ रनको साझेदारी गरेको थियो। केएल राहुल र कोहलीले सतक पुरा गरे। राहुल र कोहलीले गरेको साझेदारी भारतले पाकिस्तानविरुद्ध कुनैपनि विकेटका लागि गरेको अहिलेसम्मकै सबैभन्दा बढी हो।

विश्वकपको पूर्व सन्ध्यामा चिरत प्रतिद्धन्द्धीसँग व्यहोरेको यो हार पाकिस्तानका लागि यत्तिमै सिमित छैन। दुई प्रभावशाली तेज बलर ह्यारिस रौफ र नसिम शाहले चोट पनि बोकेका छन्। दुवैले प्रतियोगिताका बाँकी खेलहरु गुमाउन सक्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

पाकिस्तानी टोलीमा ब्याक अपका लागि साहनवाज दहानी र जमान खानलाई बोलाइएको छ। रौफले भारतविरुद्ध ५ ओभर मात्र बलिङ गरेका थिए। पाकिस्तानले सुपर फोरमा अब श्रीलंकासँग खेल्न बाँकी छ। यो खेल जितेको अवस्थामा मात्र उसको फाइनल पुग्ने सम्भावना कायम रहने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो