2026-11-01 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मुद्दाको सुनुवाइ स्थगन भएपछि भोली सोमबार चीन जाँदै सन्दीप

असोज ७, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्सका लागि सोमबार चीन जाने भएका छन्। 

एसियाडका लागि सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरेको छ। नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगन गरेपछि उनी भोली साेमबार जाने भएका हुन्।  सन्दीप चीन जान सोमबारका लागि हवाई टिकट काटिसकिएको क्यान स्रोतले जानकारी दियो। 

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६:४५ बजे हुनेछ। समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ। क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्। एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ। 

नेपालको टोली :

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द