2026-08-23 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलाडी विदेशिने क्रम रोकिएनः स्टार खेलाडी विमल घर्तीमगर पनि विदेश पलायन

असोज १२, काठमाडौँ | फुटबलरहरु विदेश पलायन हुने क्रममा स्टार स्ट्राइकर विमल घर्तीमगरको पनि नाम जोडिएको छ । राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी विमलको यो पलायन नेपाली फुटबलकै लागि गम्भीर धक्का हो ।

नेपाली फुटबलको अधोगतिबाट निरास विमल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातिर लागेका हुन् । जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए । उनी अस्ट्रेलियामै सेटल हुने गरी गएको स्रोतले बताएको छ । नेपाली फुटबलको वातावरण सुधार भए कुनै पनि दिन आफू फर्किन तयार रहेको उनले निकटस्थसँग बताएका छन् ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरु पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।

पलायन भएका खेलाडीमध्ये विमल सबैभन्दा हाइप्रोफाइल नाम हुन् । उनको अनुपस्थितिले नेपालको टीम सेटमा ठूलै रिक्तता पैदा हुनेछ । विमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्ध गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।

‘मार्की खेलाडीको रूपमा उहाँ (विमल) सँग कुराकानी भइराखेको थियो, अहिले उहाँले अस्ट्रेलिया जाने भनेपछि हामीले अनन्त तामाङलाई अनुबन्ध गरेका छौं,’ ललितपुर सिटी एफसीका एक प्रतिनिधिले भने ।

सन् २०१२ को मेमा विमलले एएफसी यू-१४ फुटबल फेस्टिबलमा नेपालको अन्डर १४ टीमबाट खेल्दै ८ गोल गरेका थिए, जसमा श्रीलंका अन्डर १४ विरुद्ध गरेको ह्याट्रिक पनि समावेश थियो । त्यहीँबाट उनलाई राष्ट्रिय फुटबलका भविष्यको रूपमा हेर्न थालियो ।

सन् २०१२ को २० सेप्टेम्बरमा उनले नेपाली राष्ट्रिय टीमबाट डेब्यू गर्दै बंगलादेशविरुद्ध खेलेका थिए । सन् २०१३ मा भएको साफ च्याम्पियनसीपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा प्रतिस्थापन खेलाडीको रुपमा आएर गोल गरेपछि विमलको चर्चा चुलिएको थियो । त्यसपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

विमलले गत भदौ ३ गते आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेका थिए । लिना हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो