2026-11-01 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलाडी विदेशिने क्रम रोकिएनः स्टार खेलाडी विमल घर्तीमगर पनि विदेश पलायन

असोज १२, काठमाडौँ | फुटबलरहरु विदेश पलायन हुने क्रममा स्टार स्ट्राइकर विमल घर्तीमगरको पनि नाम जोडिएको छ । राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी विमलको यो पलायन नेपाली फुटबलकै लागि गम्भीर धक्का हो ।

नेपाली फुटबलको अधोगतिबाट निरास विमल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातिर लागेका हुन् । जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए । उनी अस्ट्रेलियामै सेटल हुने गरी गएको स्रोतले बताएको छ । नेपाली फुटबलको वातावरण सुधार भए कुनै पनि दिन आफू फर्किन तयार रहेको उनले निकटस्थसँग बताएका छन् ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरु पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।

पलायन भएका खेलाडीमध्ये विमल सबैभन्दा हाइप्रोफाइल नाम हुन् । उनको अनुपस्थितिले नेपालको टीम सेटमा ठूलै रिक्तता पैदा हुनेछ । विमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्ध गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।

‘मार्की खेलाडीको रूपमा उहाँ (विमल) सँग कुराकानी भइराखेको थियो, अहिले उहाँले अस्ट्रेलिया जाने भनेपछि हामीले अनन्त तामाङलाई अनुबन्ध गरेका छौं,’ ललितपुर सिटी एफसीका एक प्रतिनिधिले भने ।

सन् २०१२ को मेमा विमलले एएफसी यू-१४ फुटबल फेस्टिबलमा नेपालको अन्डर १४ टीमबाट खेल्दै ८ गोल गरेका थिए, जसमा श्रीलंका अन्डर १४ विरुद्ध गरेको ह्याट्रिक पनि समावेश थियो । त्यहीँबाट उनलाई राष्ट्रिय फुटबलका भविष्यको रूपमा हेर्न थालियो ।

सन् २०१२ को २० सेप्टेम्बरमा उनले नेपाली राष्ट्रिय टीमबाट डेब्यू गर्दै बंगलादेशविरुद्ध खेलेका थिए । सन् २०१३ मा भएको साफ च्याम्पियनसीपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा प्रतिस्थापन खेलाडीको रुपमा आएर गोल गरेपछि विमलको चर्चा चुलिएको थियो । त्यसपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

विमलले गत भदौ ३ गते आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेका थिए । लिना हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द