2026-08-23 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

माल्दिभ्सविरुद्ध नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए विकेट

असोज १४, काठमाडौं | १९औं एसियाली खेलकुदमा नेपालका लागि सन्दीप लामिछानेले छैटौँ विकेट लिएका छन् । मात्र २३ रनमा मादिल्भ्सले  विकेट छैटौँ गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले नवौँ ओभरमा छैटौँ विकेट गुमाएको हो ।

यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो ।

खेलमा नेपालको स्कोरको लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले १ छक्का र ५ चौकाको मद्धतले ३५ रन जोडे । त्यस्तै अर्का ओपनर आसिफ सेखले १ चौका मात्र प्रहार गरेर ६ रनमै आउट भए । आसिफको विकेट गुमेसंगै आएका बिनोद भण्डारीले १ चौका प्रहार गरि १५ बल खर्चिएर १३ रन बनाए । 

त्यस्तै सन्दिप जोराले पनि दोहोरो अंकको रन बनाउन सकेनन् । उनले ९ बल खर्चिएर ५ रन मात्र बनाउन सके । गुलसन झाले पारी सम्हाल्दै नेपालको लागि ३ छक्का र १ चौका सहित २१ बल खर्चिएर ३५ रन बनाएपछि नेपालको स्कोर केहि सुधारियो । संगै नेपालका कप्तान रोहित कुमार पौडेलले ३ छक्का र ३ चौकाको सहयोगमा अर्धसतकीय पारी खेले । उनि २७ बल खर्चिएर ५२ रन जोडी रन जोडेर आउट भए । पौडेलसंगै उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्लले नटआउट रही २० बलमै २ छक्का र ३ चौका प्रहार गर्दै ४७ रन बनाए । कप्तान पौडेल आउट भएपछि मैदानमा आएका दिपेन्द्र सिङ एरीले भने २ बल मात्र खेल्न सके । २ बलको सामना गर्दा पहिलो बलमा छक्का प्रहार गरेपनि दोश्रो बलमा उनि क्याच आउटको सिकार बन्न पुगे । 

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो