2026-08-23 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल-भारत खेलबारे आकाश चोपडाको विश्लेषण- अन्तिम दुई ओभरमा बलरको छनोटमा पौडेलले गल्ती गरे

असोज १७, काठमाडौँ | भारतीय पूर्वक्रिकेटर तथा विश्लेषक आकाश चोपडा पछिल्लो समय नेपाली क्रिकेटको प्रशंसा गरेर थाकिरहेका छैनन् । एसिया कपमा नेपालको प्रदर्शनबाट अचम्भित बनेका उनी एसियन गेम्समा नेपालले भारतविरुद्ध देखाएको बहादुरीले पनि थप प्रभावित देखिन्छन् ।

चोपडाले नेपाल र भारतको म्याचमा हिन्दी कमेन्ट्रीसमेत गरेका थिए । त्यस क्रममा उनले म्याचमा नेपाली खेलाडीले देखाएको आत्मविश्वासको खुलेर प्रशंसा गरे । यशस्वी जैसवाललाई एलबीडब्लु अपिल हुँदा अम्पायरले आउट नदिएपछि चोपडाले टिप्पणी गरेका थिए, ‘यदि यहाँ डीआरएस हुन्थ्यो भने टाटा बाइबाइ हुने थियो ।’

नेपाल-भारत खेलको भोलिपल्ट आकाश चोपडाले उक्त म्याचको भिडियो रिभ्यु गरेका छन् । यसमा उनले भारतीय खेलाडी यशस्वी जैसवालको प्रशंसामा धेरै शब्द खर्च गरे ।

चोपडाले भने , ‘यस्तो लाग्थ्यो कि यशस्वीले अरु ब्याट्सम्यानभन्दा फरक पिचमा ब्याटिङ गरिरहेका थिए । नेपाली बलरले पनि उनलाई सही ठाउँमा बल फ्याक्न सकेनन् ।’

जैसवाल र रिंकु सिंहबाहेक अन्य ब्याट्सम्यानहरुलाई भने नेपाली बलरहरुले बाँधेर राख्न सफल भएको चोपडाको भनाइ छ ।

‘नेपाली टीमको प्रदर्शनले सबैको दिल जितेको छ’, चोपडाले भने, ‘उनीहरुले फेरि एक पटक आफ्नो पोटेन्सियल विश्वलाई देखाएका छन् ।’

नेपाली कप्तान रोहित पौडेलको कप्तानीमा भने उनले केही त्रुटि औंल्याएका छन् । चोपडाका अनुसार रोहितले यशस्वीविरुद्ध चाहिनेभन्दा बढी रक्षात्मक फिल्ड सेट गरे ।

‘यो सानो ग्राउन्ड थियो र बाउन्ड्री रोक्न कठिन थियो । कप्तान रोहितले यशस्वीको मार नखाने रणनीतिअनुसार फिल्ड सजाए । जबकि उनको विकेट लिने रणनीति हुनुपर्थ्यो । यसैउसै मार खानै छ भने आक्रामक तरिकाले फिल्ड सजाउनुपर्थ्यो’, चोपडाले भने ।

अन्तिम दुई ओभरमा बलरको छनोटमा पनि पौडेलले गल्ती गरेको उनको विश्लेषण छ । १९ औं ओभरमा अफ स्पिन बलिङ गर्नु जोखिमपूर्ण निर्णय भएको उनले बताए ।

‘कप्तानले क्याल्कुलेसनमा अलिकति मिस्टेक गरेको जस्तो लाग्यो । सन्दीपको एक ओभर बाँकी रह्यो । १९ र २० ओभरमा गलत बलरको छनोट भयो । अन्तिम ओभरमा अविनाशभन्दा अर्को कुनै बलर ल्याउनुपर्थ्यो’, चोपडाले भनेका छन् ।

आफ्नो रिभ्युमा उनले अम्पायरको त्रुटिपूर्ण निर्णयको प्रसंग भने कोट्याएनन् । नेपालका कुशल भुर्तेललाई भुईंबाट टिपेको बलमा अम्पायरले आउट दिएका थिए भने भारतका यशस्वी जैसवाललाई क्लीयर एलबीडब्लुमा नटआउट करार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो