2026-11-01 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकदिवसीय विश्वकप: पाकिस्तानविरुद्ध भिड्दै नेदरल्यान्ड्स

असोज १९, काठमाडौँ | एकदिवसीय विश्वकप २०२३ को दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन्। नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुने खेलमा डच टोली पहिलो पटक पाकिस्तानलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ।

हेड टु हेड

पाकिस्तान र नेदरल्यान्ड्सबीच अहिलेसम्म एकदिवसीय विश्वकपमा १९९६ र २००३ मा प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा पाकिस्तानले जित हासिल गरेको थियो। यी दुईबीच अहिलेसम्म समग्रमा ६ एकदिवसीय खेल भएको छ। जसमा सबै खेलमा पाकिस्तान विजयी भएको छ। यी दुई टिमबीच पछिल्लो पटक गत वर्षको अगस्टमा प्रतिस्पर्धा भएको थियो। जुन खेलमा पाकिस्तानले ९ रनको जित निकालेको थियो।

बाबर सर्वाधिक रन बनाउने खेलाडी

पाकिस्तानका लागि बाबर अजालेमले सर्वाधिक रन बनाएका छन्। पाकिस्तानले पछिल्ला ५ एकदिवसीयमा २ एकदिवसीयमा जित हासिल गरेको छ। पाकिस्तानले यो वर्ष १६ मध्ये १० एकदिवसीय खेल जितेको छ। पाँच खेलमा टिम पराजित भएको छ। कप्तान बाबर अजाम एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन स्कोरर हुन्। बलिङमा हरिस रउफ सर्वाधिक विकेट लिने खेलाडी हुन्।

विक्रम जित सिंह सर्वाधिक रन बनाउने खेलाडी

नेदरल्यान्डले पछिल्ला ५ एकदिवसीय खेलमा २ खेलमा जित निकालेको छ। २ खेलमा हार भोग्दा १ खेल बिनानतिजा टुंगिएको छ। विक्रम जित सीहले नेदरल्यान्ड्सका लागि सर्वाधिक रन बनाएका छन्।

वर्षाको सम्भावना छैन।

आज हैदराबदको मौसम सफा रहेको छ। घाम लागेकाले वर्षाको सम्भाबना रहेको छैन्। तापक्रम २० देखी ३३ डिग्री सेल्सियस सम्म रहने छ।

ब्याटिङ पिच

हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियको पिच ब्याटिङ फ्रेन्डली मानिन्छ। यहाँको आउट फिल्ड तीव्र भएकाले ब्याटिङ गर्नका लागि महत्वपूर्ण मानिन्छ। यो मैदानमा टस जित्ने टिमले पहिले ब्याटिङ रोज्ने सम्भावना रहन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द