माघ १६, बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । 

बुढाबाजे क्रिकेट मैदान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १६, बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । 

बुढाबाजे क्रिकेट मैदान"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिता: निङ्गलाशैनीलाई उपाधि

१६ माघ २०७३, आईतवार १६:५९


माघ १६, बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । 

बुढाबाजे क्रिकेट मैदान रातामाटामा आज भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले हराउँदै निङ्गलाशैनीले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको अविजित ११४ रनको मद्दतमा तीन विकेट गुमाउँदै २७५ रन बनायो । 

दुई सय ७६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको योङ्गस्टार क्लबले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २२७ रन मात्र बनायो । उसका लागि प्रकाश साउदले ६९ रन बनाए । 

उपाधिसँगै निङ्गलाशैनीले रु ५० हजार तथा उपविजेता योङ्गस्टारले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर ३२७ रन तथा १२ विकेट लिएका योङ्गस्टार क्लबका प्रकाश सिंह म्यान अफ द सिरिज घोषित भई रु पाँच हजार पुरस्कार प्राप्त गरे । 

विजयी टोलीलाई आयोजक सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावल, जिल्ला क्रिकेट सङ्घ बैतडीका अध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । सहिद दशरथ चन्दको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै