काठमाडौँ | एनपीएल अन्तर्गत आजको खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्सलाई १९२ रनको कृतिमानी लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनी लाइन्सले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन जोडेको हो ।
जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरेका थिए । बिराटनगरले अनुशासनहिन बलिङ गर्दै २९ अतिरिक्त रन खर्चिएको थियो जसमा १४ वाइड थिए ।