२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नरेनको ५ विकेटमा सुदूरपश्चिम फराकिलो जित

२० मंसिर २०८१, बिहीबार १६:४१

काठमाडौँ | नरेन साउदको पाँच विकेटको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन मात्र जोड्न सक्यो ।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । सुमित महर्जनले १० बलमा १४ रन जोड्दै अभिनास बोहोराको बलमा नरेन साउदबाट क्याच आउट भए । भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए । जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे । एरास्मस नरेन साउदले एलबिडब्लु धरापमा पारे ।

नरेन साउदले १४औं ओभरमा स्किनाजी र राशीद खानलाई आउट गराएसँगै सुदूरपश्चिम खेलमा पुर्णरुपले हाबी भएको थियो । कप्तान करण केसी ठूलो सट खेल्ने चक्करमा नरेन साउदको बलमा आउट भए ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।

मक्मेलन आउट भए लगत्तैको बलमा भन्डारी पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।

ओपनरको भुमीकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।

एक समय ११.१ ओभरमा १ सय रन पूरा गरेको सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदा विशाल योगफल बनाउँन असफल भयो । काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।

सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ । आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।

शुक्रवारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो