काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा पोखराका खेलाडीले हातमा कालो पट्टी बाँधेर खेलिरहेका छन्।
पोखराका प्रशिक्षक राजीव कुमारका पिताको निधन भएपछि खेलाडीले शोकमा कालो पट्टी बाँधेर मैदानमा प्रतिस्पर्धा गरिरहेका हुन्।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायान्सले पोखरा एभेन्जर्सविरुद्ध खेलमा ३ विकेट गुमाएको छ। ६.२ ओभरमा ३ विकेट गुमाएर लुम्बिनीले ४६ रन बनाएर खेलिरहेको छ।