२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा सुदूरपश्चिमको तेस्रो जित, लुम्बिनी लायन्सको तेस्रो हार

२०८१, २२ मंसिर शनिबार १२:३२

काठमाडौँ | एनपीएलमा सुदूरपश्चिमले तेस्रो खेल जितको छ। यसअघि यसअघि विराटनगर किंग्स र काठमाडौँ गुर्खाजलाई पराजित गरेको सुदूरपश्चिमले आजको खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको हो । लुम्बिनीको भने यो तेस्रो हार हो । यसअघि लुम्बिनी विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
१८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा १४२ रन जोडेर ९ विकेट गुमाएको हो ।

लुम्बिनीका लागि बिबेक यादवले सर्वाधिक जोडे । उनले ५४ बलमा ७७ रन बनाएका हुन् |

यस्तै सन्दिप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान ३-३ विकेट लिए । यस्तै स्कट कुगेलेइनले २, अविनाश बोहराले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो।

सुदूरपश्चिम रोयल्सका लागि सैफ अली जैबले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ६० बलमा ९० रनमा बनाएर आउट भएका थिए । भने कप्तान दीपेन्द्र सिंहले १९ बलमा अजिवित रही ३९ रन बनाएका थिए |

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले १३ बलमा १७ रन बनाए भने ब्राण्डन म्याकमुलेनले १९ बलमा २३ रन बनाएका थिए |आरिफ शेख खाता नखोली आउट भएका थिए ।

बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले २ विकेट लिएका थिए । भने कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा