२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा आज ब्रेक, भोलि मंगलबार भने दुई खेल हुने

२०८१, २४ मंसिर सोमबार ०८:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कुनै पनि खेल राखिएको छैन।

एक सातादेखि खेल खेलिरहेका टोलीहरूलाई आरामका लागि आज खेल तालिका नराखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

भोलि मंगलबार भने दुई खेल राखिएको छन्। जस अन्तर्गत बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन्।

चार खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी खाता खोल्न समेत सकेको छैन।

मंगलबार दिउँसो १ बजे शुरू हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।

कर्णाली याक्सले चार खेल खेल्दा दुई जित र पोखरा एभेन्जर्सले तीन खेलमा मा एक खेल जित्न सफल भएका छन्।

त्यस्तै, अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन्। जसमध्ये जनकपुर बोल्टसले अपराजित हुँदै चौथो पटक पनि खेल जीतको छ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले खेल जीतको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा