2026-06-25 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगिताको उपाधी सल्यान किक्रेट क्लबले हात पार्यो

शंकर के सी | असोज २८, सल्यान | जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा एवाईसि कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको छ । सल्यानको खलंगा स्थित लुहापिङ खेल मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको कपुरकोटले निर्धारित २० ओभरको खेलमा १२.४ ओभरमा सबै विकेट गुमाउदै ५५ रनमा अल आउट भयो । कपुरकोटलाई सस्तैमा समेट्न सल्यान किक्रेट क्लबका ग्याल्जिन श्रेष्ठले ३ ओभरमा २० रन दिदै ३ विकेट लिएका थिए ।

यस्तै समिप श्रेष्ठ, विमर्श प्रधान र लभ झाले समान २–२ विकेट लिए । सल्यान क्रिकेट क्लबलाई जित दिलाउन नितेश श्रेष्ठले २ चौका प्रहार गर्दै २६ बलमा अबिजित २२ रन र सुरज श्रेष्ठले ३ चौका प्रहार गर्दै १० बलमा १४ रहेको योगदान दिए ।


बलिङ तर्फ कपुरकोटका मोती गिरीले ४ ओभरमा २१ रन दिदै २ विकेट हात पारे भने आयुुस शर्माले १ ओभरमा ११ रन दिदै १ विकेट हात पारे । कपुरकोटका ब्याट्सम्यान बिकास शर्माले १ चौका प्रहार गर्दै १५ बलमा २४ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

५६ रनको बिजय लक्ष्य पाएको सल्यान किक्रेट क्लबले १० ओभरमा ३ विकेटको क्षतीमा ५८ रन बनाएर लक्ष्य पुरा गरेको हो । खेलको म्यान अफ द म्याच सल्यान किक्रेट क्लबका ग्याल्जिन श्रेष्ठ घोषित भए ।

प्रतियोगितामा ११ विकेट लिदै सल्यान क्रिकेट क्लबका लभ झा बेस्ट बलर घोषित भए । यस्तै कपुरकोटका नितेश श्रेष्ठ ५७ रन बनाउदैँ बेस्ट ब्याट्सम्यान घोषित भए भने प्रतियोगिताकाकै बेस्ट प्लेयर कपुरकोटका राजु थापा घोषित भएको सल्यान क्रिकेट संघका अध्यक्ष सबिन हमालले जानकारी दिए । जित सँगै बिजेता बनेको सल्यान किक्रेट क्लबले नगद २० हजार सहित प्रमाणपत्र, मेडल र ट्रफि हात पारेको छ ।

यस्तै उपबिजेतामा चित्त बुझाउदैँ एवाईसि कपुरकोटले १० हजार नगद सहित प्रमाणपत्र र मेडल हात पारेको छ । सल्यान क्रिकेट संघको आयोजनामा असोज २५ गतेबाट शुरु भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा जिल्लाका ८ वटा कल्बको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक