काठमाडौँ । ‘एकता खेलकुद क्लब’ले प्रथम संस्करण अन्तर्गत धादिङ ज्वालामुखी गाउँपालिका स्तरीय ‘खरी अन्नपूर्ण सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
सनिबार काठमाडौँको तारकेश्वर स्थित टिपटोय स्पोर्ट्स हबमा सम्पन्न फाइनल खेलमा ज्वालामुखी गाउँपालिका वार्ड नम्वर ५ को एकता खेलकुद क्लबले वार्ड नम्वर १ का बुढीगण्डकी युवा क्लबलाई पेनाल्टी सुट आउटबाट ५ – ३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा पहिलो र दोश्रो हाफको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट मार्फत टुंगो लागेको हो ।

खेलमा जितसँगै बिजेता टिम एकता खेलकुद क्लब (वार्ड नं ५)ले ६० हजार पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र म्याडल र उपविजेता टिम बुढीगण्डकी युवा क्लब (वार्ड नं-१) ले ३० हजार पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र म्याडल प्राप्त गर्न सफल भयो ।

ज्वालामुखी गाउँपालिका भरिका कुल १५ टिमको सहभागिता रहेको प्रतियोगीतामा सेमिफाईनल खेलमा बुढीगण्डकी युवा क्लबसँग पेनाल्टी सुटआउट मार्फत ज्वालामुखी ४ ‘ए’ बिरुद्ध ४ – ३ गोल अन्तरले पराजित भएको थियो भने अर्को तर्फ सेमिफाइनल खेलमा आयोजक खरी अन्नपूर्ण क्लब ‘ए’, एकता खेलकुद क्लबसँग ३ – ० गोल अन्तरले पराजित भएको थियो । आयोजकको लागि लगातार सेमिफाइनलमा पुगेर पराजित हुने क्रम यो पटक पनि उस्तै रह्यो ।

खरी अन्नपूर्ण क्लबले आयोजना गरेको खेलमा उत्कृष्ट खेलाडीको उपाधि एकताकै राज अधिकारीले पाए भने बेस्ट किप्परको उपाधि सोहि टिमको गोलकिप्पर डेनिस भण्डारीले प्राप्त गरे ।
प्रतियोगीता अन्तर्गत पुरै खेलमा कुल ७६ गोल भएको थियो । अमेरिकाबाट किसान अधिकारीको प्रायोजनमा भएको गोल स्पोन्सरसीप अनुसार खेलको पुरै प्रतियोगीतामा हरेक गोल बराबर रु २०० का दरले १५ हजार २०० रुपया भोटेकोशी बाढी पीडितलाई प्रदान गर्ने आयोजक खरी अन्नपूर्ण क्लबले जनाएको छ ।
खेलमा प्रथम र द्वितिय पुरस्कार स्पोन्सर युकेबाट खरी छापथोकका बेग बहादुर अधिकारीले प्रथम पुरस्कार राशि ६० हजार र अमेरिकाबाट रामबाबु अधिकारीले रु ३० हजार राशि प्रदान गरेका थिए ।
खेलमा एकता खेलकुद क्लबका राज अधिकारीले सर्वाधिक ६ गोल गरे, त्यस्तै बुढीगण्डकी युवा क्लबका जनक रम्तेलले ५ गोल, ज्वालामुखी-४ ‘ए’ का बिकल्प दुवाडीले ५ गोल गरे ।

Source: ejwalamukhi.com
खेलमा प्रमुख अतिथि एन्फाका केन्द्रिय उपाध्यक्ष दिपक खतिवडा प्रमुख अतिथि रहेका थिए भने ज्वालामुखी ५ का वडा अध्यक्ष टंक प्रसाद काप्री सहित स्थानीय प्रतिष्ठित व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । खेल सम्पन्न भएपछि एन्फा केन्द्रिय उपाध्यक्ष खतिवडाले प्रतियोगितबाट उत्कृष्ट खेल पर्दर्शन गरेका खेलाडीहरुलाई राष्ट्रिय स्तरमा खेल खेल्नको लागि आफूले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले उत्कृष्ट प्रतियोगिता सम्पन्न गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै क्लबका अध्यक्ष दिनेश अधिकारीले कार्यक्रम सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने सबै जनालाई धन्यवाद दिए ।
प्रतियोगितामा ज्वालामुखी गाउँपालिका भरि सबै वडाबाट प्रतिनिधित्व गर्दै कुल १५ टिमको सहभागिता रहेको थियो । ज्वालामुखी गाउँपालिका वडा नम्वर १ बाट बुढीगण्डकी युवा क्लब, वडा नम्वर २ बाट ताम्सालिङ युवा क्लब, वार्ड नम्वर ३ बाट २ टिम (उखुबारी युवा क्लब ‘ए’ र ‘बि’), वार्ड नम्वर ४ बाट दुई टिम (‘ए’ र ‘बि’), वार्ड नम्वर ५ बाट ६ टिम (खरी अन्नपूर्ण क्लब ‘ए’ र ‘बि’, एकता खेलकुद क्लब, सहारा युवा क्लब, आदर्श युवा क्लब र अनुग्रह मण्डली क्लब), वार्ड नाम ६ बाट दुई टिम (सालबास युनईटेड र लगनशील युवा क्लब) र वार्ड नम्वर ७ बाट एक टिमको सहभागिता रहेको थियो ।