२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल क्रिकेट थप रोचक बन्दै, ब्यांग्लोरद्वारा ८.१ ओभरमै पन्जाव १० विकेटले पराजित

२०७५, ३१ बैशाख सोमबार १७:२३

वैशाख ३१, काठमाडौँ | आईपीएलको ११ औं सीजनको ४८ औं खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोर (आरसीबी) ले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ | उसले ८९ रनको झिनो लक्ष्य ८.१ ओभरमा बिना कुनै विकेट (९२/०) हासिल गरेको हो | ब्यांग्लोरका कप्तान विराट कोहलीले खेलमा नट आउट ४८ र पार्थिव पटेलले नट आउट ४० रन जोडेर पंजावलाई पराजित गरेको हो |


यस जितसँगै आरसीबीले १२ खेलमा ५ औं जीत हासिल गरेको छ | तर, आजको हार अघि तेश्रो स्थानमा रहेको पन्जावको टिम १२ खेलमा छैटौं हारपछी अफ्ट्यारोमा परेको छ | प्लेअफले पुग्नको लागि पन्जाब, कोलकाता र राजस्थानको समीकरण थप रोचक बनेको छ | यी तीनैले अब दुई-दुई खेल खेल्न बाँकी छ र  १२/१२ खेलमा तीनै टिमको १२/१२ अंक हैंछ | उता, सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स यस अघि नै प्लेअफमा पुगिसकेका छन् |

आजको खेलमा जे डर पंजावलाई थियो त्यहि भएको छ, खेलमा केएल राहुल र क्रिस गेल टिक्न नसक्दा पन्जाव ब्यांग्लोरसामु निरिह बन्न पुग्यो | आरसीबीले पंजाबको तीन विकेट रन आउटबाटबाट गर्यो भने बाँकी खेलाडीहरुलाई १५ ओभरको खेलमै अल आउट गरिदियो | खेलमा उमेश यादवले ४ ओभरमा २३ रन मात्र दिएर ३ विकेट लिए, जसमा राहुल र गेलको विकेट पनि समावेश छ |

खेलमा पहिले ब्याटिङ गरेको पंजावको लागि लोकेस राहुलले १५ बलमा २१ रन, क्रिस गेलले १४ बल मा १८ रन, आरोन फिंचले २३ बलमा २६ रन, अक्षर पटेल नट आउट ९ रन बनाए बाँकी खेलाडीले ३ रन भन्दा बढी जोड्न सकेनन् | 


१५ ओभरमा आल आउट भएको पंजावले जम्मा ८८ रन जोडेपछी जवाफी ब्याटिङमा उत्रिएको रोयल च्यालेंजर्स ब्यांग्लोरलाई ८९ रनको लक्ष्य पछ्याउन धेरै कुर्नु परेन | उसले ओपनर ब्याट्सम्यानहरु बिराट कोहली र पार्थिव पटेलको पारीमा विना विकेट ८.१ ओभरको खेलमै लक्ष्य पुरा गर्दै सानदार जित हाँशिल गर्यो | 

पछिल्लो अंकतालिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन