२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल-11: कोलकाताद्वारा राजस्थान ६ विकेटले पराजित (८ टिमको अंक तालिका हेर्नुहोस्)

२०७५, १ जेष्ठ मंगलवार १८:४७

जेठ २, काठमाडौँ | आईपीएल सिजन ११ अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ, खेलमा कोलकाताका कुलदीप यादवले मात्र ४ विकेट लिएका थिए | कुलदीप यादवले जोस बटलर, अजिंक्य रहाणे र बेन स्टोक्सको महत्वपूर्ण विकेट हासिल गरेका थिए ।


राजस्थानले २००८ पछी ईडन गार्डन्समा कोलकातालाई हराउन सकेको छैन | अब दुवै टीमले प्लेअफमा पुग्नको लागि आफ्नो अन्तिम खेल जित्नुपर्ने भएको छ |

ईडन गार्डन्समा भएको ४९ औं खेलमा कोलकाता नाइटराइडर्सले १४३ रनको लक्ष्यलाई ४ विकेट गुमाई १८ ओभरमै हासिल गरेको हो । लक्ष्य पछ्याउदै कोलकाताले पहिलो ओभरमै २० रन बनाएको थियो । तर, दोश्रो ओभरमा सुनिल नरेन २१ र चौथो ओभरमा रोबिन उथप्पा ४ रन बनायर आउट भए । दुवै आउट भएपछि नीतीश राणा पनि २१ रन बनायर पवेलियन फर्किए । त्यसपछि क्रिस लिनले सबैभन्दा बढी ४५ र कप्तान दिनेश कार्तिकले ४१ रन बनाए । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएपनि खेल आफ्नो पक्षमा पार्न सफल भएनन् ।


यस अघि टस हारेर ब्याटिङ गर्न उत्रिएको राजस्थानको टिमले १९ ओभरको खेलमा १४२ बनाएर अलआउट भएको थियो । खेलमा उसका लागि जोस बटलरले सव्र्वाधिक ३९ रन बनाए । 

पछिल्लो खेल जित्दै अंकतालिकामा कोलकाता तेश्रो स्थानमा उक्लिएको छ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा