२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: मुम्बईद्वारा पन्जाब ३ रनले पराजित, अन्तिम ४ का लागि दिल्लीबाहेक पाँच टीमको टक्कर

२०७५, २ जेष्ठ बुधबार १९:१५

जेठ ३, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पछिल्ला खेलहरु निकै रोमान्चित हुँदै गएका छन् | खेलमा बलियो अवस्थामा पुगेको किंग्स इलेभेन पन्जाब पछिल्लो खेलहरुमा लगातार पराजित छैटौं स्थानमा पुगेको छ | 

बुधबार रातिको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८३/५ रन बनाएर पंजावलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा उत्रिएको पंजावले उक्त लक्ष्य ३ रनले पुरा गर्न नसक्दा खेलमा पराजित हुन पुग्यो | अन्तिम ओभरमा युवराज सिंह १ रन मात्र बनाएर आउट भए | उनलाई मुम्बईका मिचेल म्याक्लेनघनले आउट गरे | केएल राहुल एक्लैले निकै राम्रो खेल खेल्दै ९४ रन बनाएका थिए | त्यसपछि पंजाव खेलमा फर्कन सकेन | केएल राहुललाई जसप्रीत बुमराहले बेन कंटिंगको हातमार्फत क्याच आउट गरेर मुम्बईको लागि जित सुनिस्चित जस्तै गराएका थिए | पंजावका लागि केएल राहुल र एरोन फिंचले निकै फराकिलो १११ रनको सांझेदारी गरेका थिए तर ४६ रन बनाएर एरोन आउट भए त्यसपछिको पारी केएलले सम्हाले | 


पन्जाबको लागि क्रिस गेल र राहुलले पारीको शुरुआत गरेका थिए तर क्रिस गेल १८ रन बनाएर मिचेल म्याक्लेनघनको शिकारमा परे | 

यस अघि मुम्बईका लागि १८६ रन बनाउने क्रममा मुंबईको लागि कीरोन पोलार्डले ५० रन र क्रुणाल पाण्डेले ६५ रन जोडेका थिए | उता मुम्बईको विकेट लिने क्रममा पंजाबका एन्ड्रयू टायले ४ ओभरमा  १६ रन मात्र दिएर ४ विकेट लिएका थिए, तर मुम्बई आफैले चुनौतीपूर्ण स्कोरसम्म पुग्न सफल भयो | जसको फलस्वरूप मुम्बईले दिएको लक्ष्य पंजावले पुरा गर्न सकेन | 


आजको खेलमा मुम्बईले जितेसँगै अब अन्तिम ४ मध्ये २ क्वालीफाई स्थानको लागि ५ टिमको रोमान्चित भिडन्त हुँदैछ | ८ टिम मध्ये दुई टिम सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले आइपिएलमा अन्तिम ४ को स्थान पक्का गरिसकेका छन् भने दिल्ली अन्तिम ४ मा पुग्ने सम्भावनाभन्दा निकै बाहिर छ | बाँकी ५ टिममा कोलकाता तेश्रो स्थानमा रहेको र १४ प्वाइन्ट पाएर अगाडी छ | बाँकी ४ टिमलाई अबको खेल गर या मरको स्थितिमा हुनेछ | 

यसैबीच बिहिबार बेलुका रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई खेल जित्नु अत्यावश्यक छ | आइपिएलमा सर्वाधिक स्कोर बनाएर सबैभन्दा शिर्ष स्थानमा पुगिसकेको हैदरावाद र सातौँ स्थानमा रहेको ब्यांग्लोरबीच टक्कर हुँदैछ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा