२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपिएल क्रिकेट प्रतियोगिता शुरु, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं: मन्त्री रावल

२०७५, ३ जेष्ठ बिहीबार १७:०६

जेठ ३, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । बन्धुविकास सहकारी संस्थाको आयोजनामा बिहिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरस्थित रंगशालामा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले अहिले युवा पुस्ताका माझमा क्रिकेट खेल लोकप्रिय रहेको र कर्णाली प्रदेशमा पनि प्रदेश स्तरिय खेल हुनु गौरबको विषय भएको बताएका छन् ।

तर, सामाजिक विकास मन्त्री दल रावलले दुई वर्षमा सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि डीपिआर गर्न बजेट विनियोजन गरेको जानकारी दिए । ‘प्रदेशको खेलकुद पूर्वाधार कमजोरहुँदा दक्ष खेलाडी उत्पादनमा कठिनाई भएको छ’ मन्त्री रावलले भने,–‘प्रदेश सरकार समग्र खेलकुदको विकासका लागि कटिवद्ध भएर लागेकाले दुई वर्षमा देखिने काम गर्नेछु ।’ आगामी आर्थिक वर्षमा प्रदेशको उच्च हिमाली जिल्लामा माउन्टेन स्पोर्टस एकेडेमी निर्माण गर्न बजेट छुट्टाइने पनि मन्त्री रावलले प्रतिवद्धता जनाए ।

लिगमा शक्ति गौचनले रूपन्देही–११, सुवेन्दु पाण्डेले मध्यपश्चिम क्रिकेट क्लब, विनोद भण्डारीले त्रिभुवन आर्मी क्लब, प्रदीप ऐरीले महाकाली क्रिकेट क्लब, राजन शेरचनले टीकापुर क्रिकेट क्लब, विवश गिरीले रोयल राइजिङ क्रिकेट क्लब, लोकेन्द्र बिकले भेरीगंगा स्पोर्ट्स क्लब, सञ्जय बस्नेतले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, रवीन्द्रजंग शाहीले एबीसी क्लब तथा भुवन कार्कीले धनगढी क्रिकेट एकेडमीमा कप्तानी सम्हालेका छन् । लिग कम नक–आउट फम्र्याटमा आयोजना भएको प्रतियोगितामा १० टिमहरुलाई २ समूहमा विभाजन गरिएको छ । समूहमा रहेका उत्कृस्ट २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रदेशकै ठुलो पुरस्कार राशी भएको क्रिकेट प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले तीनलाख र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

टिकापुर र धनगढीको विजयी

बिहिबारदेखी सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

टस हारेर ब्याटिंग रोजेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पार्यो । ओपनर अजय बिस्टले ३४ रनको पारि खेल्ने क्रममा १२ बलमा १ चौका र ४ छक्का प्रहार गरे । यस्तै अयुब चन्दले १९ र रवि शाहले १७ रन बनाए । बलिंगतर्फ भेरीगङ्गाका तिलक थापा, महेन्द्र बिके र विजय बिकेले २ र २ विकेट लिए ।

जवाफमा १४५ रनको लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा मात्र ३५ रन बनाउँदा सबै विकेट गुमायो । टिमबाट लोकेन्द्र बिकेले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । ४ खेलाडी गोल्डेन डकको सिकार भए । भेरीगङ्गालाई सस्तैमा समेट्न टिकापुरका रवि शाह र अनिल बिकेले १० र १० रन खर्चेर समान ३ विकेट लिए भने ललित प्याक्वलले ४ रन लिए ।  म्यान अफ द म्याच घोषित अजय बिस्टले १० रन खर्चेर समान २ र २ विकेट लिए ।

बिहिबार नै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले मध्य पश्चिमाञ्चल क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरममा ७ विकेट गुमाएर १५६ रन बनायो । बिपिन रावलले ३९ रन बनाउन २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तल्लोक्रममा म्यान अफ द म्याच घोषित बसन्त सिंह कार्कीले अविजित ३२ रन बनाउन १२ बलमा १ चौका र ३ छक्का हानेका थिए । बलिंगतर्फ मध्य  पश्चिमाञ्चलका भारत थापाले ३ विकेट लिन ३७ रन खर्चिए भने सिद्धान्त शाही, आकाश बिस्ट र भिम धमलाले १ र १ विकेट लिए ।

जवाफमा उत्रेको मध्य पश्चिमाञ्चल क्रिकेट क्लबले सुबेन्दु पाण्डेको अर्धशतकका बाबजुत निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ११० रन मात्र बनायो । सुबेन्दु पाण्डेले ५२ रन बनाउन ४० बलमा ६ चौका र १ छक्का हानेका थिए । यस्तै राजबिर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्त राज शाहीले १२ रन बनाउँदा ३ खेलाडी पहिलो बलमा नै आउट भए । बलिंगतर्फ धनगढीका बिक्रम ठगुन्नाले ३ विकेट लिन ३ ओभरमा मात्र १९ रन खर्चिए ।

प्रतियोगिताभर्फ शुक्रबार हुने पहिलो खेलमा रुपन्देही ११ र भेरीगङ्गा स्पोर्ट्स क्लबविच विहान ७ बजे हुनेछ । यस्तै, दोस्रो खेल विहान १०ः३० बजे रोयल राइजिंग क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीविच हुनेछ भने तेस्रो खेल दिउसो २ बजे महाकाली क्रिकेट क्लब र टिकापुर क्रिकेट क्लबविच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?