२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: प्लेअफमा पुग्यो कोलकाता, हैदरावाद ५ विकेटले पराजित (अंक तालिका हेर्नुहोस्)

२०७५, ५ जेष्ठ शनिबार १८:४८

जेठ ६, काठमाडौँ | आइपिएल सिजन ११ को खेलमा कोलकाता नाइट राइडर्स पनि प्ले अफ्मा प्रवेश गरेको छ | सनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै १६ प्वाइन्ट जोड्दै अन्तिम चारमा आफ्नो नाम पक्का गरेको हो | 

आइपिएलको ५४ औं खेलमा हैदराबादको राजीव गांधी इंटरनेशनल स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाई १७२ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सलाई जीतको लागि १७३ रनको लक्ष्य दिएको थियो | जवाफमा कोलकाता नाइट राइडर्सले २ बल बाँकी छँदा १७३ रन बनाउँदै हैदराबादलाई पराजित गर्यो र अन्तिम ४ मा आफुलाई सुरक्षित गर्यो |


टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाई १७२ बनाएको थियो | उसका लागि शिखर धवनले अर्धशतक दिए भने श्रीवत्स गोस्वामी र केन विलियमसनले ३६-३६ रन बनाएका थिए | कोलकाताको लागि प्रसिद्ध कृष्णले सबैभन्दा धेरै चार विकेट लिएका थिए | त्यस्तै मनीष पांडेले २५ रनको योगदान दिए | केकेआरको लागि अन्तिम ओभरहरु निकै राम्रो रह्यो | खेलमा हैदराबादले अन्तिम ७ ओभरमा ४४ रन मात्र जोड्न सकेको थियो | कोलकाताको लागि सुनील नारायणले निकै राम्रो खेल खेल्दै चार ओभरमा २३ रन मात्र दिएर एक विकेट हासिल गरेका थिए | 

खेलमा हैदरावादले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताको लागि सर्वाधिक रन क्रिस लिनले जोडे | उनले ४३ बलमा ५५ रन जोडेका थिए | त्यस्तै उनीपछि सर्वाधिक रन बनाउनेमा रोबिन उथप्पाले ३४ बलमा ४५ रन जोडे भने सुनिल नारिनेले १० बलमै २९ रन, दिनेश कार्तिकले नट आउट २६ रन जोडेका थए | 

कोलकाताको ५ विकेट गिराउने क्रममा हैदरावादका लागि सिद्धार्थ कौल र कार्लोस बर्थबाइतेले २/२ विकेट लिए भने शकिव अल हसनले १ विकेट लिएका थिए |

आजको खेलमा जित हाँशिल गर्दै कोलकाता नाइटराइडर्स अन्तिम ४ मा पुगेको छ | कोलकाताले १४ खेलमा ८ खेल जित्दै १६ प्वाइन्ट जोडेको छ | खेलमा अब अन्तिम चारको लागि मुम्बई इन्डीएन्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पंजाव मध्ये १ टिमको लागि प्रतिष्पर्धा बाँकी छ | आज मुम्बईले अन्तिम ४ मा पुग्ने सम्भावना गुमाई सकेको दिल्लीसँग अन्तिम ४ को लागि भिड्दैछ | 

हालसम्मको अंक तालिका हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा