८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको सानदार जित, सन्दिपको ३ विकेट: म्यान अफ द म्याच अमितलाई कि सन्दिपलाई ?

६ जेष्ठ २०७५, आईतवार १५:०२

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज दिल्ली डेरडेभिल्सले मुम्बइ इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । खेलमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन् । 

खेलमा १७६ रनको लक्ष्य पछ्याएको मुम्बईलाई १९.३ ओभरमै अल आउट गराई दिल्लीले आइपिएल अन्तिम ४ मा पुग्ने सम्भावना टुटाईदिएको छ | खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरको खेलमा ४ विकेट गुमाई मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो । सन्दिपले मुम्बईका ओपनर शुर्य कुमार यादव, काइरन पोलार्ड र कुर्णाल पाण्डे सहित ३ जनाको विकेट लिए भने अमित मिश्राले पनि समान ३ विकेट लिए | त्यस्तै ट्रेन्ट बोल्ट र हर्षल पटेलले १/१ विकेट लिए | 


दिल्लीको फिरोज साह कोटला रंगशालामा भएको खेलमा दिल्लीको लागि ओपनर पृथ्वी सावले १२ रन, ग्लेन म्याक्सवेलले २२ रन, श्रेयस एयरले ६ रन ल्याउदा सर्वाधिक रन रिशव पन्तले ६४ रन जोडे | पन्तले ४४ बलमा ४ चौका ४ छक्का प्रहार गरेका थिए | त्यसपछि विजय शंकर र अभिशेक शर्माले क्रमश ४३ र १५ रन जोडेका थिए | 

दिल्लीको ४ विकेट गिराउने क्रममा मुम्बईका कुर्णाल पाण्डे, जसप्रित बुम्राह र मायंक मार्कन्डेले १/१ विकेट लिएका थिए | 

त्यसपछि १७६ रनको लक्ष्य पछ्याउंदै ब्याटिङमा उत्रिएको मुम्बईका लागि सूर्यकुमार यादवले १२ रन बनाई आउट भए | ईभिन लुइसले ४८ रन, इशान किसनले ५ रन, केइरन पोलार्डले ७ रन, रोहित शर्माले १३ रन र कुर्णाल पाण्डे ४ रन मात्र बनाएर आउट भए | त्यस्तै मयंक मर्कंडे ३ रन मात्र बनाएर आउट भएका थिए | अन्तिम ओभरमा मुम्बईलाई जिताउने आशा गरिएका बेन कटीङ ३७ रन बनाएर आउट भए | त्यसपछि अन्तिम ओभरमा बेन कटीङको विकेट लगत्तै दिल्लीले अर्को विकेट लियो र मुम्बई अल आउट हुँदै पराजित हुन पुग्यो | 

खेलमा म्यान अफ द म्याच अमित मिश्रा घोषित भए | खेलमा अमितले कम रन दिएर ३ विकेट लिएका थिए | 

त्यस्तै दिल्ली आफ्नो अन्तिम खेलमा सन्दिपको खेललाई महत्वपूर्ण मान्दै यस्तो ट्विट गरेको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता