२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको बुझाई: आजको खेल जित्नुमा पहिलो, दोश्रो र तेश्रो हिरो को-को ?

२०७५, ६ जेष्ठ आईतवार १६:१२

जेठ ६, काठमाडौँ | भिभो आईपीएल २०१८ अन्तर्गत दिल्ली डेयरडेविल्सले आज आफ्नो यात्रा जीतसँगै अन्त्य गरेको छ, आज दिल्लीको फिरोज शाह कोटलामा बह्येको खेलमा दिल्लीले मुंबई इंडियंसलाई ११ रनले पराजित गरेको हो । दिल्लीले मुंबईलाई पराजित गरेसंगै आउट गरिदिएको छ । 

दिल्लीले आफ्नो वेबसाइटमा आजको खेल जित्नुमा पहिलो हीरो ऋषभ पन्त (४४ बलमा ६४ रन), दोश्रो हीरो अमित मिश्रा (३/१९) र तेश्रो हिरो संदीप लामिछाने (३/३६) भनेको छ । दिल्लीले आजको खेलमा पहिले ब्याटिङ गर्दै १७४/४ रन बनाएको थियो । जवाफमा मुंबईले १९.३ ओभरमा १६३ रन बनाई अल आउट हुन पुग्यो । १७५ रनको लक्ष्य पछ्याएको मुंबईको शुरूवाती खेल सन्दिप लामिछानेले खराव बनाइदिए ।


दमदार फर्ममा रहेका सूर्यकुमार यादव र इवेन लुईसले पारीको शुरुवात गरेका थिए । दिल्लीले पहिलो ओभरमै मुम्बईको विकेट गिराउने उद्दश्यले सन्दिपलाई सुरुमै पठाएको थियो नभन्दै दिल्लीको सोचलाई सन्दिपले वास्तविकतामै परिणत गराईदिएका थिए । त्यसपछि सन्दिपले महत्वपूर्ण थप २ विकेट लिए । अघिल्ला २ खेलमा क्रमश २ विकेट लिएका सन्दिपले आजको खेलमा बढी रन दिए तर त्यसको बदलामा महत्वपूर्ण विकेटहरु गिराए । खेलमा अमित मिश्राले पनि ३ विकेट लिए । मिश्राले तीन विकेट मात्र लिएनन् उनले ४ ओभरको खेलमा १९ रन मात्र दिएर इकोनोमी पनि आफ्नो पक्षमा निकै राम्रो बनाए । सन्दीपले आज ४ ओभरमा ३५ रन दिएका थिए । 

आजको खेलमा बिस्तारै खतरा बन्दै गएका लुईसलाई मिश्राले आफ्नो जालमा पारे भने अन्तिममा मुम्बईको जितको लागि महत्वपूर्ण बेन कटिङ सहित अर्को विकेट लिएर अमित मिश्रा खेलमा महत्वपूर्ण बने । आजको जितमा निकै राम्रो खेलेर अमित मिश्राले म्यान अफ द म्याच घोषित भए | यस जित सँगै दिल्लीले १० अंक पाएर टूर्नामेन्टबाट बिदाई लिएको छ । आखिरी दुई म्याचमा चेन्नई र मुम्बईलाई पराजित गर्दै दिल्ली सबैभन्दा अन्तिममा रहेर पनि हामी पनि कोहि भन्दा कम छैनौं भन्ने संदेश दिएको छ | 

दिल्लीले आफ्नो वेबसाइटमा लेखेको छ, आशा छ आउने बर्ष दिल्ली थप राम्रो खलाडीको साथमा मैदानमा उत्रिनेछ र यिनै युवा खेलाडीलाई साथ लिएर च्याम्पियन बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?