८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछाने मंगलबार आज फर्कदै, समर्थकहरु स्वागतमा आतुर

८ जेष्ठ २०७५, मंगलवार ०२:११

जेठ ८, काठमाडौं । IPL  खेलेर नेपाली यूवा खेलाडी सन्दिप लामिछाने आज स्वदेश फर्कदैछन् ।

आज सन्दिप जेट एयरवेजको विमानबाट अपरान्ह सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुनेछन् । लेग स्पेनर सन्दिप इतिहासमै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् भने आइपिएलमा जम्मा तीन खेल खेलेर दिल्लीलाई लगातार पछिल्ला दुई खेलमा जिताउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् । ११ खेलसम्म आइपुग्दा सन्दिपको टोली दिल्ली लिगबाट बाहिरिसकेको थियो ।

१२ औं खेलमा डेब्यू गरेका सन्दिपले आइपीएलमा मात्र ३ खेल खेले तर उनको प्रदर्शनले भारतभरि चर्चा त हुनेनै भयो विश्वभरी पनि चर्चा बिषय बनेको छ । उनले आइपिएलमा तीन खेलमा ५ विकेट लिए भने ६.८३ को इकोनोमी बलिङ गरे जुन आइपीएलको पाँचौं स्थानको इकोनोमी हो । यस्तै उनी उत्कृष्ट एभरेज बलिङमा पनि १६.४० अंक सहित पाँचौ स्थानमा पर्न सफल भए । सूची खेलाडीको प्रदर्शन अनुसार परिवर्तन हुनसक्छ । किनभने आइपिएल अझै जारी छ । तर सन्दिपको बलिङको विश्वभर चर्चा भइरहेएको छ । 

प्रतियोगितामा १२ ओभर बलिङ गरेका सन्दिपले ८२ रन खर्चेर ५ वीकेट लिएका थिए । सन्दिपलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय मूल्यमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । 

क्रिकेटमा होनाहार ब्यक्तिहरुले सन्दिपलाई नेपालको भविष्य भनेका छन् । पहिलो खेलमा सन्दिपले रोयल च्यालेन्जर्स बैंगलौर विरुद्ध १ वीकेट लिए तर मात्र २५ रन दिए भने दोश्रो खेलमा चेन्नइ सुपर किंग्स विरुद्ध १ वीकेट लिएर सन्दिपले  २१ रन मात्र दिएका थिए । त्यसपछी  उनले आफ्नो तेस्रो खेलमा मुम्बइ इन्डियन्सविरुद्ध ३ वीकेट लिए ३६ रन दिएका थिए । 

सन्दिप नेपाल फर्किएपछि आइसीसी विश्व ११ को टोलीबाट सहयोगार्थ खेल खेल्न इंगल्याण्ड प्रस्थान गर्नेछन् । क्यारेबीयन क्षेत्रको मुख्य स्टेडियम शक्तिशाली आँधीले भत्काएपछि त्यसलाई पुननिर्माण गर्ने हिसाबले च्यारिटी खेलको आयोजना गरिएको हो । 

उनि आज नेपाल फर्कने भएपछि उनको स्वागतमा नेपाली क्रिकेट समर्थकहरु आतुर छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता