८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट जितेर चेन्नईले पायो ३२ करोड, सर्वाधिक उत्कृष्ट को-को बने ? (२००८-२०१८सम्म)

१३ जेष्ठ २०७५, आईतवार १८:५९

जेठ १४, काठमाडौँ | अन्तत: चेन्नई सुपर किंग्स तिम्ले ७ बर्ष पछि फेरी आईपीएलको च्याम्पियन ट्रफी हात पारेको छ | आईपीएलको ११ औं सिजनको फाइनल खेलमा चेन्नईले हैदरावादलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो | 

दुई बर्ष निलम्बन भएपछि खेलमा फर्किएको चेन्नईले एकपटक फेरी आइपीएल उपाधि जीतेर आफ्नो स्थानलाई उचाईमा पुर्याएको हो | चेन्नईले यस अघि २०१० र २०११ मा उपाधि जितेको थियो | यस उपाधि संगै आइपीएलमा चेन्नईले मुम्बईकै बराबरी उपाधि जितेको छ, मुम्बईले यस अघि तीन उपाधि जितेको छ |


आईपीएलको सिजन ११ मा उपाधि जितेको चेन्नईले अहिलेसम्मकै सर्वाधिक राशिको पुरष्कार पनि पाएको छ | उसले यो पटक भारतीय २० करोड अर्थात नेपाली ३२ करोड प्राप्त गरेको छ | यस्तै फाइनल हारेको हैदरावाले भारतीय १२.५ करोड प्राप्त गरेको छ | यसको अलावा खेलाडीहरुले उत्कृष्ट खेल खेलेर अलग-अलग किसिमको प्राइज पनि प्राप्त गरेका छन् |

प्राइज मनी कसलाई कति ? 

१. च्याम्पियन – चेन्नई सुपर किंग्सले पायो भारतीय २० करोडको चेक | 

२. रनर्स-अप सनराइजर्स हैदराबादले पायो भारतीय १२.५ करोडको चेक | 

३. अरेन्ज क्याप (सर्वाधिक रन) विजेता – केन विलिएमसन्  भारतीय १० लाखको चेक |

४. पर्पल क्याप (सर्वाधिक विकेट) विजेता एन्ड्रोय टाय – भारतीय १० लाखको चेक |

IPL 2018 का टप-५ मा परेका ब्याट्सम्यानहरु को-को ? 

१. केन विलियमसन (हैदराबाद): १७ म्याचमा ७३५ रन, ८४ बेस्ट, ५२.५० एभरेज (अरेन्ज क्याप)

२. ऋषभ पन्त (दिल्ली): १४ म्याच, ६८४ रन, १२८* बेस्ट, ५२.६१ एभरेज

३. लोकेश राहुल (पन्जाब) : १४ म्याच, ६५९ रन, ९५* बेस्ट, ५४.९१ एभरेज

४. अम्बति रायडू (चेन्नई) : १६ म्याच, ६०३ रन, १००* बेस्ट, ४३.०७ एभरेज

५. शेन वाटसन (चेन्नई) : १५ म्याच, ५५५ रन, ११७* बेस्ट, ३९.६४ एभरेज

2018 का टप-५ मा परेका बलरहरु को-को ? 

१. एन्ड्रयू टाय (पन्जाब) १४ म्याच २४ विकेट (पर्पल क्याप)

२. रशिद खान (हैदराबाद) १७ म्याच २१ विकेट

३. सिद्धार्थ कौल (हैदराबाद) १७ म्याच २१ विकेट

४. उमेश यादव (ब्यांग्लोर) १४ म्याच २० विकेट

५. हार्दिक पाण्डे (मुम्बई) १३ म्याच १८ विकेट

2008 देखि 2018 सम्म IPL कसले जित्यो उपाधी ? 

2008 : राजस्थान रोयल्स (चेन्नईलाई ३ विकेटले हराएको)

2009 : डेक्कन चार्जर्स (ब्यांग्लोरलाई ६ रनले हराएको)

2010 : चेन्नई सुपर किंग्स (मुंबईलाई २२ रनले हराएको)

2011 : चेन्नई सुपर किंग्स (ब्यांग्लोरलाई ५८ रनले हराएको)

2012 : कोलकाता नाइट राइडर्स (चेन्नईलाई ५ विकेटले हराएको)

2013 : मुंबई इंडियंस (चेन्नईलाई २३ रनले हराएको)

2014 : कोलकाता नाइट राइडर्स (पन्जाबलाई ३ विकेटले हराएको)

2015 : मुंबई इंडियंस (चेन्नईलाई ४१ रनले हराएको)

2016 : सनराइजर्स हैदराबाद (ब्यांग्लोरलाई ८ रनले हराएको)

2017 : मुंबई इंडियन्स (राइजिंग पुणे सुपरजायन्टलाई १ रनले हराएको)

2018 : चेन्नई सुपर किंग्स (सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको)

आईपीएलमा अरेन्ज क्याप पाउनेहरुको लिस्टमा को-को ? 

2008 : शन मार्श (किंग्स इलेवन पंजाब) ११ म्याचमा ६१६ रन

2009 : म्याथ्यू हेडन (चेन्नई सुपर किंग्स) १२ म्याचमा ५७२ रन

2010 : सचिन तेन्दुलकर (मुंबई इंडियंस) १५ म्याचमा ६१८ रन

2011 : क्रिस गेल (रोयल च्यालेंजर्स ब्यांग्लोर) १२ म्याचमा ६०८ रन

2012 : क्रिस गेल (रोयल च्यालेन्जर्स ब्यांग्लोर) १५ म्याचमा ७३३ रन

2013 : माइक हसी (चेन्नई सुपर किंग्स) १६ म्याचमा ७३३ रन

2014 : रोबिन उथप्पा (कोलकाता नाइट राइडर्स) १६ म्याचमा ६६० रन

2015 : डेविड वार्नर (सनराइजर्स हैदराबाद) १४ म्याचमा ५६२ रन

2016 : विराट कोहली (रोयल च्यालेन्जर्स ब्यांग्लोर) १६ म्याचमा ९७३ रन

2017 : डेविड वार्नर (सनराइजर्स हैदराबाद) १४ म्याचमा ६४१ रन

2018 : केन विलियमसन (सनराइजर्स हैदराबाद) १७ म्याच ७३५ रन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता