२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१८- अस्ट्रेलियाबिरुद्ध फ्रान्स १ गोल अन्तरले बिजयी

२०७५, २ असार शनिबार १२:१६

असार २, काठमाडौँ | विश्वकपको आफ्नो पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलमा पेनाल्टी किकबाट फ्रान्स र अस्ट्रेलियाले केहि समय अन्तरमा १-१ गोल गरेका थिए । तर फ्रान्सले थप १ गोल गर्दै अस्ट्रेलियालाई पराजित गर्यो । 

आजको खेलमा फ्रान्सलाई निकै संघर्षमा राख्दै अस्ट्रेलियाले आफू पनि कमजोर नरहेको सावित गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी ग्रीजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) रिभ्यूपछी फ्रान्सले पेनाल्टी पायो । विश्वकप २०१८ मा पहिलो पटक भीएआर प्रयोग गरिएको हो ।


केहि बेरको फ्रान्सको अग्रतालाई बराबरीमा रोक्ने क्रममा फ्रान्सका उम्टिटीले हाण्ड गरेपछि अस्ट्रेलियाले पेनाल्टी पायो र त्यसलाई सदुपयोग गर्दै खेल बराबरीमा पुग्यो ।

बराबरीको खेलमा ८० औं मिनेटमा पल पोग्बाले गोलपोष्टको बारमा प्रहार गरे, जुन बल गोलपोष्ट लाइन भित्र गएर गोल हुन पुग्यो । रेफ्री यहाँ पनि झुक्किए तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोलनै फ्रान्सको लागि बिजयी गोल बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा