२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप अपडेट: आइसल्याण्डले अर्जेन्टिनासँग खोस्यो अंक, मेस्सीको पेनाल्टी मिस

२०७५, २ असार शनिबार १५:१८

असार २, काठमाडौं । विश्वकप खेल अन्तर्गत केहीबेर अह्घी भएको खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।

विश्वकपमा पहिलो पटक खेलेको आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरी रोक्दै अंक बाड्न सफल भएको हो । 

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । अर्जेन्टिनाको लागि १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, त्यसको चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्कायो ।

आइसल्यान्डको लागि अल्फ्रेड फिनबोगसनले विश्वकपमा पहिलो गोल गरे ।

दोस्रो हाफमा सर्जिओ एग्युरोलाई आइसल्याण्डको खेलाडीले लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सीले गोल गर्न सकेनन् । आजको खेलमा आइसल्याण्डका गोलकिपर हृयाण्ड्स हालडोसनले धेरै बललाई पोष्ट छिर्नबाट जोगाउन सके ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा