८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आज ३ खेल: कुन टिम कति बलियो ? कुन समयमा हुँदैछ खेल ?

५ असार २०७५, मंगलवार ०३:३०

असार ५, काठमाडौँ | रसियामा जारी विश्वकपमा आज पनि बिभिन्न ३ खेल हुँदैछन् | आजको पहिलो खेल कोलम्बिया र जापानबीच हुँदैछ |

समुह एच अन्तर्गत रहेको जापानी प्रशिक्षकलाई विश्वकपको ७१ दिनअघि बर्खास्त गरको जापानले शंका गर्नेहरूलाई गलत साबित गर्ने प्रयासमा मंगलबार फिटनेसका लागि संघर्षरत स्टार मिडफिल्डर जेम्स रोड्रिग्वेजको टिम कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । विश्वकप २०१४ को सर्वाधिक गोलकर्ता रोड्रिग्वेज सारान्स्कस्थित मोरडोभिया एरिनामा हुने समूह ‘एच’ को पहिलो खेलमा खेल्नेमा शंका गरिएको छ । 


त्यस्तै चार वर्षअघि ब्राजिलमा क्वाटरफाइनलमा पुगेको कोलम्बियाको टिम पनि बलियो मान्न सकिन्छ । कोलाम्बियाले २०१४ मा जस्तै खेल दोहोर्याए आजको खेलमा जापान निरिह हुनेछ ।

त्यस्तै आज अर्को खेलमा पोल्याण्ड र सेनेगालबीच प्रतिष्पर्धा हुँदैछ । जुन टिम पनि जापान र कोलम्बियाकै ग्रुपमा छन् । युरोपेली फुटबलका दुई उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोवस्की र साडियो माने आमनेसामने हुने पोल्याण्ड र सेनेगालबिचको खेललाई पनि महत्वपूर्ण रुपमा हेरिएको छ । फिफा बरियतामै ८ औं स्थानमा रहेको पोल्याण्ड ग्रुप एचको बलियो टिम मानिन्छ । 


त्यस्तै आजको अन्तिम खेलमा रुस र इजिप्ट खेल्दैछन् । रुस आयोजक टिम हो । उद्घाटन खेलमा सौदिलाई ५-० गोलले पराजित गरेको रुसलाई कमजोर रुपमा लिन सकिन्न । त्यसो त यसअघि उरुग्वेसँग १-० ले पराजित भएको इजिप्ट आजको खेल जित्नैपर्ने दवावका साथ खेल्दैछ । 


यस अघि सोमबार भएको विभिन्न ३ खेलमा मध्येराति इंग्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित हाँशिल गरेको छ । खेलको ९० मिनेटसम्म १-१ को बराबरीमा रोकिएको खेलमा इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्ड बिजयी भएको हो ।


त्यस अघि सोमबार नै सम्पन्न विश्वकप खेल अन्तर्गत कोरियालाई स्विडेनले ०-१ गोलले पराजित गरेको थियो भने पनामालाई बेल्जियमले ०-३ गोलले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने