२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोटको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा

२०७६, १ श्रावण बुधबार १०:२२

साउन १, काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् ।

एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ । 

आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी