2026-09-22 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

मनोज पराजुली, भदौ १, गोरखा | गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो  लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो ।

“नेपालको उत्पत्तिदेखि जगसम्म” को अवधारणामा भाद्र २५ गते “लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” गर्न लागिएको गोरखा नगरपालिका राजनराज पन्तले जानकारी दिए । गोरखाको ऐतिहासिक, धार्मिक, संस्कृतिक महत्व बारे जानकारी गराउंदै ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पुर्याउन म्याराथन आयोजना गर्न लागिएको पन्तले जानकारी दिए । गोरखाको वास्तविक अवस्थाबारे भावी पुस्तालाई जानकारी दिंदै अन्तरिक प्रयटन प्रबर्द्धन गर्न सहयोग पुर्याउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको उनले बताए । 

यस वर्षबाट शुरु गर्न लागिएको म्याराथान्लाई हरेक वर्ष निरन्तरता दिने पन्तले बताए। साथै गोरखा नगरपालिकाले ‘गोरखा जाउँ’ अभियान नै संचालन गर्न लागिएको उनले जानकारी दिए ।

Image may contain: 3 people, people sitting and indoor

पालुङ्गटार नगरपालिका वडा नं. २, लिगलिगकोट शुरु भई गोरखा नगरपालिका वडा नं ६, गोरखा दरवारमा पुगेर दौड अन्त्य हुने जनाइएको छ। सिरानचोक गाउपालिका वडा नं. ५, चित्रेपोखरीलाई टर्निङ प्वाइन्ट बनाइएको छ । दौडका लागि दर्ता शुल्क २ सय तोकिएको छ ।

म्याराथनमा प्रथम हुनेलाई  १ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख र तेश्रो हुनेलाई ७५ हजारका साथै मेडल र प्रमाणपत्र दिइने जनाईएको छ। त्यस्तैगरि दौडमा चौंथो देखि दशौँसम्म हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। चौथो, पाँचौ, छैटौ, सातौँ, आठौ, नवौ र दशौँ  हुनेलाई क्रमश ५०,०००, ३५,०००, ३०,०००,:२५,०००,  २०,०००, १५,०००, १०,००० र  मेडल तथा प्रमाणपत्र दिइने छ।

भदौ १ अर्थात आजबाट नै दरखास्त आवेदन खुल्ला गरिएको छ, भने दरखास्त दिने अन्तिम मिति भदौ २३ गते रहेको छ । भदौ २४ गतेसम्म सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने छ भने २५ गते विहान ६ बजेदेखि दौड संचालन हुने जनाइएको छ।  २५ गते नै समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । सम्पर्क कार्यालयको रुपमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित