2026-09-22 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१० औं लिगलिगे दौड प्रतियोगिता असोज १६ गते हुने, दौडमा सहभागी हुन आव्ह्वान

मनोज पराजुली । असोज ७, गोरखा। १० औं ‘लिगलिगे दौड प्रतियोगिता’ असोज १६ गते हुने भएको छ। चेपे र मस्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्म दौडेर जित्नेलाई राजा छान्ने पुरानो परम्पराको स्मरणमा असोज १६ गते लिगलिगे दौड प्रतियोगिता २०७६ गर्न लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी दिए । 

पालुङटार नगरपालिका, नेपाली सेना ( रणसिंह दल गण) र लिगलिगकोट बिकाश अभियानको संयुक्त आयोजनामा १० औ “लिगलिगे दौड प्रतियोगिता” २०७६ को आयोजना गरिएको अध्यक्ष रानाले बताए। दौड प्रतियोगिता चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाटबाट सुरु भई लिगलिगकोट दरबारसम्म (१३.८ कि.मि) दौडने व्यवस्था गरिएको रानाले बताए । 

उक्त प्रतियोगितामा प्रथम हुनेलाई ६०  हजार १ सय रुपियाँ, पगरी, श्रीपेंच, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ। त्यसैगरी, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपियाँ र मेडल तथा प्रमाणपत्र, तृतीय हुनेलाई २५ हजार १ सय रुपियाँ र मेडल तथा प्रमाणपत्रले सम्मान गरिने रानाले बताए ।  त्यसैगरी, चौथो हुनेलाई १५ हजार, पाँचौ  हुनेलाई नगद १० हजार, छैटौं  हुनेलाई नगद ७ हजार, सातौं  हुनेलाई नगद ५ हजार, आठौं हुनेलाई नगद ४ हजार,नवौं  हुनेलाई  नगद ३ हजार, दशौं हुनेलाई नगद २ हजार रुपियाँ पुरस्कार तोकिएको छ । नगदका साथ सबैलाई मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष रानाले जानकारी दिए ।

त्यसैगरी, महिला खुल्ला (बड्डाडाबाट ५ कि.मि.) दौड तर्फ प्रथम हुनेलाई नगद २० हजार ५, दोस्रो हुनेलाई नगद १२  हजार ५, तेस्रो हुनेलाई नगद ७ हजार ५ रुपियाँका साथ  मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ।

त्यसैगरी, लिगलिगवासी (चेपेघाटबाट १३.८ कि।मि।)  दौड तर्फ प्रथम हुनेलाई नगद २०  हजार ५, दोस्रो हुनेलाई  नगद १२  हजार ५,तेस्रो हुनेलाई  नगद ७  हजार ५ रुपियाँका साथ मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ।  त्यसैगरी, चौथो हुनेलाई  नगद ३  हजार ५ रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ।

त्यसैगरी, छात्र/छात्रा (बोहरा गाउ“) (१५–१८ वर्षसम्मका) दौड तर्फ प्रथम हुनेलाई नगद ५  हजार १ सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, दोस्रो   हुनेलाई  नगद   रु ३   हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी, तृतीय हुनेलाई  नगद   रु २ हजार एक सय रुपियाँ र मेडल तथा  प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी, भेट्रान  (बड्डा“डाबाट ५ कि.मि.)(४० वर्षमाथि) दौड तर्फ प्रथम हुनेलाई नगद ५ हजार १ सय रुपियाँ, दोस्रो हुनेलाई नगद ३ हजार एक सय रुपियाँ, तृतीय हुनेलाई  नगद २ हजार एक सय रुपियाँका साथ मेडल तथा  प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ।

दौड प्रतियोगितामा भाग लिन चाहनेहरुले असोज ५ गतेदेखि असोज १३ गते भित्रमा फाराम भरिसक्नुपर्नेछ। फाराम दस्तुर लिगलिगबासी,महिला र नेपाली सेनाका लागि रु. ५ सय र नेपालीका लागि एक हजार तथा विदेशी नागरिकका लागि ५ हजार तोकिएको रानाले बताए ।

४६७ वर्षपछि लिगलिगबासीहरूले ‘लिगलिग विकास अभियान’ नामक संस्था स्थापना गरी पुर्खाले छोडेको चिनोको सम्झेर २०६७ बाट यो दौडलाई पुनः सुरु गरेका हुन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न, आन्तरिक पर्यटनमा वृद्धि गर्न, स्थानीय जनताको आर्थिक स्तर मजुबुत बनाउन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगिता प्रत्येक दशैंको घटस्थापनाको अघिल्लो दिन हुँदै आएको छ ।

२०६७ देखि २०७६ सम्म निरन्तर हुँदै आएको दौडमा गत वर्ष पर्वतका अनिष थापा मगर प्रथम भई लिगलिगकोटका राजा भएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित