2026-10-26 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोभिड १९ असर : यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने

मनोज पराजुली | असोज १९, गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने ‘लिगलिगे दौड’ प्रतियोगिता यस वर्ष नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष लिगलिगे दौड प्रतियोगिता नहुने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले साझा सवाललाई जानकारी दिए । 

गोरखाको इतिहास जगेर्ना गर्न बि. स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले लिगलिगे दौड प्रतियोगिता संचालन गर्दै आएको थियो ।

लिगलिगे दौड प्रतियोगितामा स्थानीय मात्र नभएर देश विदेशबाट समेत भाग लिन आउने गर्दछन् अध्यक्ष रानाले भने ‘कोरोना महामारीको जोखिम रहेको अहिलेको अवस्थामा भिडभाड हुनेगरी दौड प्रतियोगिता संचालन गर्न उपयुक्त देखिएन त्यसैले यस वर्ष दौड प्रतियोगिता नगर्ने निर्णय गरेका छौं ।’

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ।

गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरू हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिने गर्दछ । गत वर्ष दसौं लिगलिगे दौड प्रतियोगिता २०७६ को उपाधि पर्वतका अनिष थापामगरले जितेका थिए । 

लिगलिगकोट चिनारी

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो । बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने