२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केनको ह्याट्रिकमा इंग्ल्याण्ड जित, पोल्याडको छैटौं जित

२०७८, २७ कार्तिक शनिबार ०२:००

कात्तिक २७, काठमाडौं | कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । 

इंग्ल्याण्डको जितमा कप्तान केनले १८, ३३ र ४५ मिनेटपछि थपिएको १ मिनेटमा ह्याट्रिक पूरा गरे । ह्यारी मगाएरले ९ मिनेट तथा जार्डन हेण्डरसनले २८ मिनेटमा गोल गरे । 

जितसँगै इंग्ल्याण्डले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । समूह आईको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको एन्डोरालाई ४-१ ले पराजित गरेको छ । 

पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले  दुई तथा कामिल जोविएक र अर्काडिअस मिलिकले १/१ गोल गरे । एन्डोराका मार्क भालेसले १ गोल फर्काए ।


एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमानै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अल्वानिया १५ अंक सहित तेस्रो स्थानमा छ ।

यता, जितपछि पोल्याण्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै