२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस माघमा

२०७८, ८ मंसिर बुधबार १०:०५

मंसिर ८, काठमाडौं | माघ तेस्रो साता चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । ललितपुर टेबल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्सकाे व्यवस्थापनमा १२ देखि १५ माघसम्म लनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना हुन लागेकाे हाे ।  

बुधबार आयोजकले नेपाल खेलकुद पत्रकार मंच (एनएसजेएफ)को केन्द्रीय कार्यालयमा  पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलदेश, युएई, कोरियालगातयका राष्ट्रका एक हजार खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितमा पुरुष र महिला टिम इभेन्ट्स, पुरुष र महिला एकल, भेट्रान्सतर्फ ४० वर्षमाथि उमेर समूह र ४५ वर्षमाथि उमेर समूह (पुरुष) गरि कुल सात विधामा प्रतिस्पर्धा हुनेछ । 

जसअन्तर्गत पुरुष र महिला टिम इभेन्ट्स  तथा पुरुष र महिला एकलतर्फका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ हात पार्नेछन् । भेट्रान्सतर्फका विजेता,उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी