२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता : प्रशंसा र सुनिराकाे जाेडीलाई स्वर्ण पदक

२०७८, ८ मंसिर बुधबार ११:२४

मंसिर ८, काठमाडौं, न्युज कारखाना | नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् ।

सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट एकको पनि विजेता हुन् ।

उक्त स्पर्धाको पुरुषतर्फ नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६-२ र ६-२ को सिधा सेटमा  हराए । 

सक्षमले पनि सर्किट एकको युगलमा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालकै आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए ।

पुरुष एकलमा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६-३ र ६-१ जित्दा नेपालकै दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६-१ र ६-१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगे । 

त्यसै स्पर्धाको महिला तर्फको खेलमा नेपालकै सुनिरा थापाले आध्या पौडेललाई ६-३ र ७-५ पराजित गर्दा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-१ र ६-० को सीधा सेटमा पन्छ्याउँदै फाइनल भिडन्त पक्का गरे ।  एकल तर्फको फाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी