५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता : प्रशंसा र सुनिराकाे जाेडीलाई स्वर्ण पदक

८ मंसिर २०७८, बुधबार ११:२४

मंसिर ८, काठमाडौं, न्युज कारखाना | नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् ।

सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट एकको पनि विजेता हुन् ।

उक्त स्पर्धाको पुरुषतर्फ नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६-२ र ६-२ को सिधा सेटमा  हराए । 

सक्षमले पनि सर्किट एकको युगलमा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालकै आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए ।

पुरुष एकलमा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६-३ र ६-१ जित्दा नेपालकै दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६-१ र ६-१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगे । 

त्यसै स्पर्धाको महिला तर्फको खेलमा नेपालकै सुनिरा थापाले आध्या पौडेललाई ६-३ र ७-५ पराजित गर्दा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-१ र ६-० को सीधा सेटमा पन्छ्याउँदै फाइनल भिडन्त पक्का गरे ।  एकल तर्फको फाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता