५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

१० मंसिर २०७८, शुक्रबार ०६:५९

मंसिर १०, काठमाडौं | फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई  युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बार्ड सदस्यमा नियुक्त गरेको छ । 

बिहीबार बिहान खेलकुदमन्त्री  महेश्वर गहतराजले पेमा र बिनासहित आठ  बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् । मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ खाएका हुन् । बोर्ड सदस्यमा नियुक्त हुनेमा पेमा डोल्मा लामा, बिना श्रेष्ठ, मोहमद फाजिल, जनकप्रसाद बर्तौला, दिपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, अन्जन धमला र श्रीमान थापा मगर छन् ।

पेमा पूर्वफुटबलर हुन् । हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्य र महिला समितिको संयोजक हुन् । यस्तै बिना भने फिफा रेफ्री हुन् । यसअघि खेलकुद मन्त्रालय मन्त्रालयले राखेपमा नाै जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो । रिक्त पदमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो । 

यसअघि सरकारले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो । एन्फाले नयाँ सदस्य सचिवका लागि खेलकुद ऐनअनुसार दस्ताखर आह्वान गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता