५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुमेशको गोलमा च्यासलको पहिलो जित

११ मंसिर २०७८, शनिबार १०:०९

मंसिर ११, काठमाडौं | रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो । ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो । 

जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो । यता, एपीएफको भने लगातार दोस्रो हार हो । दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १५औँ मिनेटमा च्यासलका कमल श्रेष्ठलाई मनबहादुर रानामगरले फाउल गरेपछि प्राप्त फ्रि किकमा कमलको प्रहार एपीएफका गोलकिपर राजु योगीले पन्च गरि फ्याँकिदिए । 

१७औँ मिनेटमा १८ यार्ड भित्रबाट च्यासलका अजित गुरुङले गरेको प्रहारलाई गोलरक्षक योगीले फेरी विफल पारिदिए । ४०औँ मिनेटमा च्यासलका विकास मेराग्लियानको हेड एपीएफका राजन गुरुङले रोकेपछि रिबाउन्डमा सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले गोल लाइन नजिकबाट क्लियर गरिदिए ।

दोस्रो हाफको चौथो मिनेटमा नै च्यासलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा च्यासलका मउसाले गरेको प्रहार एपीएफका कप्तान टोपबहादुर विष्टबाट डिफ्लेक्ट हुँदै बल पोस्टको माथिल्लो जालीमा अट्किएको थियो । 

६५औँ मिनेटमा च्यासलका केचाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । लिगको पहिलो खेलमा दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३-२ ले तथा च्यासल थ्री स्टारसँग ३-० ले पराजित भएको थियो । 

आजको दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध मनाङ मर्स्याङ्दी मैदान उत्रदैछ । खेल दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजेबाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता