५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

१५ मंसिर २०७८, बुधबार ०७:४०

मंसिर १५, काठमाडौं, न्युज कारखाना | आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् । 

१५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ  । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन गर्न अनुमति दिएको छ । 

जसअनुसार चार टिमले ४–४ खेलाडी रिटेन गर्दा तीन टिमले समान ३–३ र एक टिमले २ खेलाडी रिटेन गरेका छन् । यसपटक एक टिमले खेलाडीका लागि कुल ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँनेछ । 

नयाँ सिजनको आईपीएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहेमदावादले समेत बाँकी खेलाडीबाट ३–३ खेलाडी टोलीमा राख्न पाउने छन् । त्यसपछि मात्रै सबै १० टोलीबीच ‘मेगा अक्सन’ हुनेछ । 

कुन टिमले कुन–कुन खेलाडी रिटेन गरे ?

चेन्नाई सुपर किंग्स– रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, ऋतुराज गैकवाड

दिल्ली क्यापिटल्स – ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शाव, एनरिक नोर्टजी

कोलकता नाइट राइडर्स– आन्द्रे रसेल, वरुण चक्रवर्ती, बैन्काटेस अयर, सुनिल नारिन 

मुम्बई इन्डियन्स– रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, कायरन पोलार्ड

पञ्जाब किंग्स ११– मायंक अग्रवाल, अर्शदी सिंह 

राजस्थान रोयल्स– सन्जु सामसन, जोस बटलर, यशस्वी जैसवाल 

रोयल च्यालेन्जर्स बैंग्लोर– विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज 

सनराइजर्स हैदरावाद– केन विलियम्सन, अब्दुल समाद, उर्मान मलिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता