६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

२ जेष्ठ २०७९, सोमबार १०:५४

जेठ २, काठमाडौं | घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको हाे ।  

नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । इन्दु २८ बलमा  एक चौका प्रहार गर्दै रन आउट भइन् । 

यस्तै, डल्ली भट्टले १० बलमा १३ रन र विन्दु क्षेत्रीले २३ बलमा १२ रन बनाए । अविजित रहेकी कविता कुँवरले ६ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका ओपनर ब्याटर रन आउट भएका थिए । बिन्दु रावल २३ बलमा १२ रन बनाएर रन आउट भइन् । विकेट किपर समेत रहेकी ज्योति पाण्डे ७ बलमा ६ रन बनाएर पेवेलियन फर्किइन् ।  

कप्तान रुविना क्षेत्री ९, अप्सरी वेगम १, कविता जोशी ४, रोमा थापाले ५ रन बनाएर आउट भए । 

युगान्डाको लागि सराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिइन् । ४ ओभर बलिङ गरेकी सराहले १३ रन खर्चिइन् । कोन्सीले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिइन् । जनेत एमवावाजी र रिता मुसामालीले समान एक विकेट हात पारे ।   

टस हारेर ब्याटिङ गरेको युगान्डाका लागि जनिद एम्बाबाजीले सर्वाधिक २९ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरेकी थिइन् । 

रिता न्याङ्गिन्डोले १८ रन, ओपनर केविन अविनोले १५, रीता मुसामालीले १३, फ्राङ्क्लिन नाजुम्बोले १२ रन बनाइन् ।  ओपनर ब्याटर लिओना बाविर बोल्ड आउट भइन् । 

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । ४ ओभर बल फ्याँकेकी कविताले १५ रन खर्चिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान १ विकेट लिएका थिए ।  

पहिलो टी-२० खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरिन् । उनलाई कप्तान रुविनाले डेब्यु क्याप प्रदान गरेकी थिइन् । वागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा यस अघि रहेपनि पहिलो पटक टिममा स्थान बनाएकी हुन् । 

डेब्यु खेलमा उनले तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएकी थिएन् । यद्यपि, विकेट भने लिन सकिनन् । ब्याटिङतर्फ भने ३ बलमा रन जोड्न सकिनन् । 

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेलेको हो । ऐतिहासिक श्रृंखलाको दोस्रो खेल भोलि टियु मैदानमै हुनेछ । नेपाल र युगान्डाबीच पाँच खेलको श्रृंखला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या