६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलेको आज अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड (भिडियो)

१९ पुष २०७९, मंगलवार ०६:०७

पुस १९, काठमाडौँ । एजेन्सी | विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ। अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि  साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ। उनलाई श्रद्धाञ्जली दिन त्यहाँ हजारौं मानिसको भीड लागेको छ।


तीन पटक विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो। आज उनलाई समाधिस्थ  गर्नुअघि सान्तोसमा उनको शवयात्रा गरिनेछ। 'हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रंगशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौं,' श्रद्धाञ्जली दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने।

पेलेको निधनपछि ब्राजिल सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।  लामो समयदेखि क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय पेलेलाई किमोथेरापीले काम नगरेपछि इन्ड अफ लाइफ केयरमा सारिएको थियो।

उनले सन् १९५८,१९६२ र १९७९ गरी तीनपटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए। पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए। यो हालसम्मकै कीर्तिमान हो। उनले आफ्नो व्यवसायिक करियरमा कूल १३६३ खेल खेलेका छन्। जसमा १२८१ गोल गरे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का