६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रा एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको थियो : ज्ञानेन्द्र मल्ल

१९ पुष २०७९, मंगलवार ११:२७

पुस १९, काठमाडौँ । जारी नेपाल टी–ट्वान्टी क्रिकेट फ्रेन्चाइज लिगअन्तर्गत काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई म्याच फिक्सिङ (खेल मिलेमतो)को प्रस्ताव आएको बताएका छन्।


मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एन्टी करप्सन युनिट (एसीयू)लाई जानकारी दिएको बताए।

‘अरु टिमबारे मलाई थाहा भएन। हाम्रो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको साँचो हो। त्यसपछि हामीले नियमअनुसार एसियुलाई जानकारी दिएका छौँ,’ उनले भने।

आफूहरूले गरेको रिपोर्ट अहिले एसीयूले हेरिसकेको मल्लले जानकारी दिए।

प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका थिए। 

यसैबीच फिक्सिङ र बेटिङ हुने गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का