२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रा एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको थियो : ज्ञानेन्द्र मल्ल

२०७९, १९ पुष मंगलवार ११:२७

पुस १९, काठमाडौँ । जारी नेपाल टी–ट्वान्टी क्रिकेट फ्रेन्चाइज लिगअन्तर्गत काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई म्याच फिक्सिङ (खेल मिलेमतो)को प्रस्ताव आएको बताएका छन्।


मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एन्टी करप्सन युनिट (एसीयू)लाई जानकारी दिएको बताए।

‘अरु टिमबारे मलाई थाहा भएन। हाम्रो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको साँचो हो। त्यसपछि हामीले नियमअनुसार एसियुलाई जानकारी दिएका छौँ,’ उनले भने।

आफूहरूले गरेको रिपोर्ट अहिले एसीयूले हेरिसकेको मल्लले जानकारी दिए।

प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका थिए। 

यसैबीच फिक्सिङ र बेटिङ हुने गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन