२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्काविरुद्धको टी–२० सिरिज भारतको कब्जामा, सूर्यकुमारको तेस्रो शतक

२०७९, २४ पुष आईतवार ०३:२१

पुस २४, काठमाडौँ | श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

राजकोटको सौराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै २२८ रनको स्कोर बनायो। जवाफमा श्रीलङ्काका ब्याट्सम्यान १६.४ ओभरमा १३७ रनमा अलआउट भएका थिए ।

श्रीलंकाका लागि कप्तान दशुन शनाका र कुसल मेन्डिसले समान २३/२३ रन बनाए । धनन्जय डे सिल्भाले २२ र पथुम निसान्काले १५ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ पनि भारतको प्रदर्शन राम्रो रह्यो । अघिल्लो म्याचमा महँगो सावित भएका अर्शदीप सिंहले तेस्रो म्याचमा २० रन मात्र खर्चिएर ३ विकेट लिए । हार्दिक पाण्ड्या, उमरान मलिक र युजवेन्द्र चहलले २–२ विकेट लिए ।


भारतको जितका हिरो बने सूर्यकुमार यादव । उनले ५१ बलमा ११२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सूर्य घोषित भए । टी–ट्वान्टी क्रिकेटमा उनको यो तेस्रो शतक हो | सूर्यकुमारबाहेक शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्काका लागि दिलशान मदुशंकाले २ विकेट लिए । कासुन रजिथा, चमिका करुणारत्ने र भानिन्दु हसरंगाले समान १–१ विकेट लिए ।

भारतीय टोलीले श्रीलङ्कासँग लगातार पाँचौँ घरेलु शृङ्खला जितेको छ । दुई टोलीबीच भारतमा अहिलेसम्म ६ वटा सिरिज भइसकेको छ । जसमध्ये एउटा मात्रै बराबरी भएको छ जुन सन् २००९ मा खेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन