२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मस–सुन्तली फाउन्डेसन

२०७९, ८ माघ आईतवार ०८:०१

माघ ८, चितवन | चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको आम्दानी–खर्चको विवरण चाँडै सार्वजनिक गर्ने र आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाउन धुर्मुस–सुन्तली फाउन्डेसनले आग्रह गरेको छ ।

फाउन्डेसनले वि.सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो । आर्थिक अभावका कारण फाउन्डेसनले निर्माण कार्यबाट बीचबाट नै हात झिकेको थियो । कुल ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । जसमा ५४ करोड खर्च भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको थियो । त्यसको ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले निर्माण कार्य रोकेका थिए ।


त्यसपछि हालसम्म फाउन्डेसनले खर्च विवरण सर्वाजनिक गरेको छैन् । फाउन्डेसनका अध्यक्ष सितारम कटेलले अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी भएको बताए। ‘अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी थालेका छौं । खर्च विवरण बाहेकका अन्य विषय पनि छन् । सबै सार्वजनिक गर्ने हाम्रो योजना छ,’ कटेलले भने ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दैछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले बताएपनि हालसम्म निर्माण हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन